कुमारीघरको तीन सय वर्ष पुरानो तोरण बेलायतको निजी ग्यालरीमा फेला

कुमारीघरको तीन सय वर्ष पुरानो तोरण बेलायतको निजी ग्यालरीमा फेला
+
-

काठमाडौँ – जीवित देवीका रुपमा पुजिने बसन्तपुरस्थित कुमारीघर (कुमारी छेँ) बाट चोरी भएको देवी दुर्गाको आकृतिसहितको काठको तोरण बेलायतको लण्डनस्थित एक निजी ग्यालरीमा भेटिएको छ।

बसन्तपुर दरबार क्षेत्रको कुमारीघरबाट सन् १९८०–९० को दशकमा चोरी भएको देवी दुर्गाको आकृतिसहितको झण्डै तीन सय वर्ष पुरानो (१८ औँ शताब्दी) तोरण बरकत ग्यालरीको बेलायतस्थित शाखामा भेटिएको हो।

नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले शुक्रबार जारी गरेको सूचनामा विश्वका विभिन्न देशमा शाखा रहेको निजी ग्यालरी बरकतको लण्डनस्थित शोरुममा काठको तोरण पहिचान भएको उल्लेख छ।

सन् १९८० देखि २०११ को बीचमा कुमारीघरको भुइँ तलाको उत्तरतर्फका चार तोरण चोरी भएको थियो। ७० को दशकदेखि नै नेपाली साँस्कृतिक–पुरातात्विक महत्वका सम्पदाहरु चोरी हुँदै आएका थिए।

कुमारीघरमा २०७२ को भूकम्पपछि नयाँ तोरण बनाएर राखिएको छ। तर चोरी भएका तोरण कहाँ छन् भन्नेबारे अहिलेसम्म जानकारी थिएन।
‘लस्ट आर्टस् अफ नेपाल’ ले पछिल्लो समय नेपालबाट चोरी भएका सम्पदाहरुको पहिचानलाई अभियानका रुपमा सञ्चालन गर्दै आएको छ।

नेपालबाट चोरिएका वा हराएका सम्पदाहरु पश्चिमा देशका विभिन्न संग्रहालय तथा निजी ग्यालरीहरुमा पहिचान हुँदै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?