जन्मदिनमा विद्यालयमा अक्षयकोष

जन्मदिनमा विद्यालयमा अक्षयकोष
+
-

बलेबा – रोजगारीको सिलसिलमा जापानमा रहेका यहाँका एक युवाले जन्मदिनमा हुने फजुल खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्।
बागलुङको गलकोट नगरपालिका–७ मल्म, आँगाखेत रामु थापाले आफ्नो छोरा आयुस थापाको जन्मदिनमा रिवारे प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन्।

गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाका अध्यक्षसमेत रहेका थापा दलित र विपन्न विद्यार्थीको बाहुल्य रहेको मल्मस्थित विद्यालयमा २० हजार रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गरेको विद्यालयले जनाएको छ।

विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको शैक्षिक प्रगति होस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको र त्यसलाई बढाउँदै लैजाने थापाले बताए।
जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौँ भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्ष्य गरी आफूले शैक्षिक अक्षयकोष स्थापना गरेको थापाको भनाइ छ।

रकम सानो भए पनि यसको महत्व ठूलो रहेको र शैक्षिक जगत्मा थोरै भए पनि सहयोग पुग्ने उनले उल्लेख गरे। उक्त रकमको वार्षिक ब्याजमार्फत विद्यार्थीले शैक्षिक सामग्री पुरस्कार स्वरूप प्राप्त गर्ने सिरबारे प्राथमिक विद्यालय गलकोट नगरपालिका–७ मल्म सिरबारेका प्रधानाध्यापक कल्पना गौतमले जानकारी दिइन्।

अक्षयकोष रकम विद्यालयमा आयोजित कार्यक्रममा गलकोट नगरपालिका–७ का वडासदस्य लोकबहादुर थापा र सामाजिक संस्था घुम्टे युवा परिवारका सदस्य भूमिराज थापाले संयुक्त रूपमा विद्यालयलाई हस्तान्तरण गरेका थिए।

गलकोट नगरपालिका–७ मल्म स्थायी घर भई जापानमा कर्म गरिरहेका युवा समाजसेवी रामु थापाले समय–समयमा विभिन्न संघसंस्थासँगै समाजमा यस्तै परोपकारी काम गर्दै आएका छन् । उक्त विद्यालयमा गत वर्ष गलकोट समाज जापान क्षेत्रीय समितिले नागोयाले नगद ५० हजारको शैक्षिक अक्षयकोष स्थापना गरेको छ। संस्थाका अध्यक्ष थापाले २० हजार रकम अक्षयकोषस्वरुप सहयोग गरेपछि विद्यालयमा अक्षयकोष रकम ७० हजार पुगेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष