
सौराह – नेकपा एमालेको भावी महासचिवमा नेता विष्णु पौडेलको पल्ला भारी देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत चाहना महासचिवमा शंकर पोखरेललाई ल्याउने भए पनि माहोल भने पौडेलको पक्षमा देखिएको हो।
महाधिवेशन प्रतिनिधि तथा आफू निकट नेताको सुझावका आधारमा ओलीले पौडेललाई महासचिव बनाउने मनसाय गरेको स्रोतले बताएको छ।
ओलीले आइतबार बिहान महासचिवमा दाबी गरेका नेता पौडेल र पोखरेलसँग छलफल गरी आपसमा सहमति गरेर आउन भनेका छन्।
तर अध्यक्ष ओलीको व्यवहारलाई लिएर पोखरेल चिढिएको उनी निकट नेताले बताएका छन्। पोखरेलसँग भेट गरेका ती नेताले भने, ‘अध्यक्षको व्यवहारबाट उहाँ इरिटेड हुनुभएको छ।’
नेता पौडेल भने ‘रिल्याक्सड्’ देखिएका छन्। ओली बसेको होटलको तल कार्यकर्ताहरुसँग रहेका नेता पौडेल शान्त मुद्रामा छन्।