३०१ जनामै सहमतिको प्रयास भइरहेको छ, राति १२ बजेभित्र सबै सर्वसम्मत हुन्छ – शेरधन राई

३०१ जनामै सहमतिको प्रयास भइरहेको छ, राति १२ बजेभित्र सबै सर्वसम्मत हुन्छ – शेरधन राई
+
-

सौराह – नेकपा एमालेका केन्द्रीय सदस्य शेरधन राईले ३०१ जना नै केन्द्रीय सदस्यहरुमा सर्वसम्मतको प्रयास भइरहेको बताएका छन्।

उनले सबै केन्द्रीय सदस्यहरुमा सहमतिको प्रयास भइरहेकाले आज राति १२ बजेभित्र सबै पदहरुमा सर्वसम्मत हुनेसमेत दावी गरे।

पार्टी केन्द्रीय समितिमा आउन चाहने आकांक्षी नेताहरुको लर्कोले गर्दा एमाले १०औँ महाधिवेशनअन्तर्गतको बन्दसत्र सञ्चालनमा ढिलाइ भइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरु सर्वसम्मत नेतृत्व चयन गर्ने गृहकार्यमा अहिले पनि लागिरहेका छन्।
एमाले पदाधिकारीहरुको टुंगो नलाग्दा केन्द्रीय सदस्यहरुको नाम निश्चित हुन नसकेको उनले बताए।

‘सबै पदमा सर्वसम्मत भए आज साँझ ७ बजेसम्म पदाधिकारी तय हुनसक्छ’, नेता राईले भने, ‘नत्र राति १२ बजेसम्म सबै टुंगो लागेर घोषणा नै हुन्छ। अहिले ३०१ पदमै सर्वसम्मत गर्ने प्रयास भइरहेको छ।’

उनले अध्यक्षमा उम्मेदवारी दिने भीम रावल र ओलीबीच कुरा हुन नसकेकोसमेत बताए। रावलसँग ओलीबाहेक अरु नेताले सहमतिमा ल्याउन संवाद गरिरहेको उनको भनाइ छ। ‘पार्टी अध्यक्षबाहेक अरु नेताहरुले रावलजीसँग संवाद गरिरहनुभएको छ’, नेता राईले थपे, ‘रावलजीले उम्मेदवारी फिर्ता लिनुहुन्छ भन्ने विश्वास छ।’

सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका उनले नेताहरुबीच सहमति भएर सर्वसम्मत हुने अवस्था आए आफू पछि हट्न तयार रहेको प्रतिक्रियासमेत दिए। भीम रावलले उम्मेदवारी दिने तयारी गरेकाले अध्यक्षमा सर्वसम्मत हुने केपी शर्मा ओलीको चाहनामा बाधा पुगिरहेको छ।

त्यस्तै आफ्नै नेताहरुले नमान्दा ओलीले भीम रावललाई मनाउन पाएका छैनन्। ओली पक्षका सुवास नेम्बाङ र ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्ष र विष्णु पौडेल तथा शंकर पोखरेलले महासचिवमा अडान लिँदा अन्य पदाधिकारी चुन्नसमेत ओलीलाई सकस भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?