भक्तपुरमा कांग्रेस जिल्ला सभापतिको लागि दुर्लभ थापा र अष्टकुमार कवे भिड्ने

भक्तपुरमा कांग्रेस जिल्ला सभापतिको लागि दुर्लभ थापा र अष्टकुमार कवे भिड्ने
+
-

भक्तपुर – नेपाली कांग्रेस भक्तपुरको जिल्ला सभापतिको लागि दुर्लभ थापा र अष्टकुमार कवे भिड्ने भएका छन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिको लागि आइतबार थापा र कवेले प्यानलसहित छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन्।
यी दुई अघिल्लो जिल्ला अधिवेशनमा पनि आमनेसामने भएका थिए। जुन बेला थापाले कवेलाई पछारेका थिए। यसपालि कवे थापालाई पछार्ने दाउमा रहेका छन्। यी दुई भक्तपुर निर्वाचन क्षेत्र नं २ का नेता हुन्। थापा सूर्यविनायक नपा र कवे मध्यपुर थिमि नपाका स्थायी बासिन्दा हुन्।

वर्तमान जिल्ला सभापति थापा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षीय हुन्। कवे कांग्रेस नेता प्रकाशमान सिंह पक्षीय हुन्। उनलाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला र विमलेन्द्र पक्षीय नेताहरुसँगै देउवा पक्षकै असन्तुष्ट नेताहरुको समर्थन रहेको छ। जिल्ला अधिवशेनकै लागि थापाविरुद्ध भक्तपुरमा नयाँ समीकरण निर्माण गरिएको थियो। जुन समीकरणका एकहस्ती वरिष्ठ पत्रकार कविर राणाले क्याम्प चेञ्ज गरी दुर्लभ थापालाई समर्थन गर्न पुगेका छन्।

यी दुई समीकरणले भक्तपुरका चार नपा, चार प्रदेशसभा निर्वाचन क्षेत्र तथा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आधाआधा नेतृत्व हत्याएका छन्। वडादेखि क्षेत्रसम्म समान शक्तिशाली देखिएका दुईपक्षमध्ये यसपालि कसले जिल्ला सभापति हत्याउँछ सबैको चासोको विषय बनेको छ।
सभापतिमा उम्मेदवारी दिएका दुवै नेताले आफ्नो पल्लाभारी भएको दावी गरेका छन्। क्षेत्रीय अधिवेशनमा दुईपक्षका उम्मेदवारले पाएको मतलाई विभाजन गर्दा थापा केही मतले अगाडि देखिन्छ। नयाँ समीकरणका कविर राणाले थापालाई समर्थन गरेकाले उक्त झिनो मतान्तर देखिएको संस्थापन इतरका एक नेता बताउँछन्। उता संस्थापन पक्षका नेताहरु भने अहिलेको अवस्थामा कांग्रेस भक्तपुरमा थापाको विकल्प नभएको जिकिर गर्छन्।

थापाको प्यानलबाट उपसभापतिमा वर्तमान कोषाध्यक्ष जिवेश अवाल र उर्मिला वन, सचिवमा राजेश खड्का र सुशील बस्नेत तथा सहसचिवमा कृष्णमुरारी न्यौपाने र यादव अधिकारीले उम्मेदवारी दिएका छन्।

त्यस्तै कवेको प्यानलबाट उपसभापतिमा गोकुल खत्री र रामगोपाल न्यौपाने, सचिवमा पूर्णकृष्ण श्रेष्ठ र कविन्द्र मिश्र तथा सहसचिवमा अनिल भुजू र विष्णुमान साँयजूले उम्मेदवारी दिएका छन्।

संस्थापन पक्षबाट सहसचिवमा उम्मेदवारी दिने न्यौपाने संस्थापनइतर पक्षबाट सचिवमा प्रस्तावित सूचीमा थिए। वरिष्ठ पत्रकार राणासँगै उनले क्याम्प चेञ्ज गरी संस्थापन पक्षमा जाँदा उनी सहसचिवमा घटुवा परेको एक कांग्रेस नेता बताउँछन्।

कांग्रेस भक्तपुरमा अनुसार आइतबार साँझ नै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ। जिल्ला नेतृत्वको लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुने कार्यतालिका रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?