रेशमले अदालतलाई टेरेनन्: सर्वोच्च

+
-

काठमाडौं- सर्वोच्च अदालतले कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीले आफूबिरुद्ध ज्यानमुद्दा दायर भएको थाहा हुँदाहुँदै अदालती प्रक्रियालाई छलेको बताएको छ।

रेशम चौधरीका वारेसले सर्वोच्चले उनीसम्बन्धी रिट दरपीठ गर्नु कानुनसम्मत नभएको भन्दै दायर गरेको रिटमा यो उल्लेख गरेको हो। अदालतले उक्त रिटलाई दरपीठ गर्नु कानुनसम्मत भएको फैसलासमेत गरेको छ।

चौधरीका वारेशले निर्वाचन आयोगले निर्वाचित प्रमाणपत्र नदिएको भन्दै दायर गर्न खोजेको रिट सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारले मंसिर २९ गते दरपिठ गरिदिएका दिए।

चौधरीले आफु बिरुद्ध कर्तब्य ज्यान मुद्दा दायर भएको जानकारी हुँदा हुँदै अदालतबाट जारी वारेण्ट तथा म्याद पुर्जी समेतको अवज्ञा गरिरहेको फैसलामा उल्लेख छ। सर्वोच्चले अदालती प्रक्रियालाई छलेर संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउँछ भन्नु नमिल्ने जनाएको छ।अभियोग लागेकाले व्यक्तिले कानून बमोजिम सफाइ लिनुपर्ने अदातलले गरेको फैसलामा उल्लेख गरिएको छ।

चौधरीले अदालतीय प्रक्रियालाई अवज्ञा गर्दै कानूनी प्रक्रियाबाट बाहिर रहेको भन्दै सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल ईजालासले उक्त फैसला गरेको हो।

चौधरीले दरपीठको निर्णय उत्प्रेष्ण आदेशद्वारा बदर गर्दै रिट दर्ताको परमादेश माग गरि रिट दायर गरेका थिए।सर्वोच्चले उक्त रिटमा नयाँ आदेश दिनु नपर्ने फैसला सुनाएको हो। चौधरीको तर्फबाट अधिवक्ता दिपेन्द्र झा र सुनिलकुमार पटेलले बहस गरेका थिए।सर्वोच्चले फरार अभियुक्तलाई प्रहरीले जहिले पनि पक्राउ गर्न सक्ने भनेको छ।

चौधरीलाई टीकापुरमा प्रहरी बरिष्ठ उपरीक्षक सहितको ज्यान जाने गरी घटेको घटनाका मुख्य योजनाकार भएको आरोप सहित कैलाली जिल्ला अदालतमा मुद्दा विचाराधीन छ।

यो पनि हेर्नुहोस्:

रेशम चौधरीको अभियोगपत्र मगाउन सर्वोच्चको आदेश

टीकापुरमा सद्भाव कायम राख्न मेरो जित: रेशम

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?