
सौराह – नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत चितवनको सौराहमा सोमबार मनोनयन दर्ता सुरु भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले नाम सुनाएका नेताहरुले आ–आफ्नो पदका लागि मनोनयन दर्ता गरिरहेका छन् ।
सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै एमालेले नयाँ नेतृत्वका लागि नाम प्रस्ताव गर्ने सर्वाधिकार ओलीलाई दिएको थियो । सोही अनुसार ओलीले ३०१ केन्द्रीय सदस्य तथा १९ जना पदाधिकारीको नाम आइतबार राति सुनाएका थिए ।
ओलीले सुनाएको पदाधिकारीको नाममा भीम रावल र घनश्याम भुसालको नाम भने छैन । रावलले अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।
ओलीले नाम प्रस्ताव गरेका सबैले मनोनयन गर्नु पर्ने छ । मनोनयननका लागि बिहान ९ बजेसम्मको समय दिइएको छ।