ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले दिए राजीनामा

ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले दिए राजीनामा
+
-

ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीले कम्पनीको प्रमुख कार्यकारीबाट राजीनामाको घोषणा गरेका छन्।

उनको स्थानमा प्रमुख कार्यकारीको जिम्मा हालका चिफ टेक्निकल अफिसर पराग अग्रवालले सम्हाल्ने ट्वीटरले जनाएको छ।

सन् २००६ मा ट्वीटरको स्थापना गरेका डोर्सी ट्वीटर तथा भुक्तानी समूह स्क्वायरको प्रमुख कार्यकारीका रुपमा रहँदै आएका थिए।

उनले वक्तव्यमा भनेका छन्, ‘अन्ततः मैले छोड्ने समय भएको छ। कम्पनी अघि बढ्न तयार छ।’ डोर्सीले आफ्नो स्थानमा आउने व्यक्तिमाथि विश्वास रहेको बताएका छन्।

अग्रवाल सन् २०११ मा ट्वीटरमा आवद्ध भएका हुन्। सन् २०१७ देखि प्राविधिक विभागको प्रमुख रहँदै आएका छन्।

नाकमा बुलाकी लगाउने, लामो दाह्री राख्ने, योगा गर्ने तथा दिनमा एकपटकमात्रै खाना खाने गरेर उनले स्थापित व्यवसायिक जीवनको मान्यतालाई चुनौती दिँदै आएका थिए।

तर स्क्वायरको पनि नेतृत्व गरिरहँदा उनले ट्वीटरलाई त्यति समय दिन नसकेको भनेर लगानीकर्ताबाट दबाब खेप्दै आएका थिए।

डोर्सीको राजीनामाको खबरसँगै ट्वीटरको सेयर मूल्य पनि बढेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष