एमाले १०औँ महाधिवेशन

एमाले महाधिवेशनमा ५०० बढी मत खस्न बाँकी

एमाले महाधिवेशनमा ५०० बढी मत खस्न बाँकी
+
-

सौराह – एमाले १०औँ महाधिवेशनअन्तर्गत अहिले चितवनको सौराहमा मतदान गर्ने क्रम जारी छ। सौराहस्थित सेभेन स्टार होटल परिसरमा विद्युतीय माध्यमबाट मतदान गर्न एमाले महाधिवेशन प्रतिनिधिहरु लाम लागेका छन्।

मंगलबार बिहान ९ बजेसम्म करिब एक हजार ६०० जना महाधिवेशन प्रतिनिधिहरुले मतदान गरेका छन्। जसअनुसार अझै ५०० बढीले मतदान गर्न बाँकी रहेको छ। एमाले महाधिवेशनमा २ हजार १५३ महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्। जसमध्ये महाधिवेशन लम्बिँदा १०० जना जति प्रतिनिधिहरु मतदान नै नगरी घर फर्केको अनुमान गरिएको छ।

विद्युतीय माध्यमबाट मतदान गर्न एकजना प्रतिनिधिलाई बढीमा आधाघन्टा समय लागेको छ। मतदानमा करिब ७० वटा विद्युतीय मेशिनको प्रयोग भएको छ। जसले गर्दा मतदान प्रक्रिया पूरा हुन अझै डेढ घन्टा समय लाग्ने अनुमान गरिएको छ।

मतदानपश्चात मतगनणा कार्य अघि बढ्ने निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए। उनले आजै मतदानको परिणाम सार्वजनिक गर्दै महाधिवेशनको विधिवत समापन गरिने बताए।

केपी शर्मा ओलीले घोषणा गरेकोभन्दा बढी आकांक्षीले उम्मेदवारी दर्ता गरेपछि एमालेको १०औँ महाधिवेशनमा निर्वाचन भएको छ। सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास भए पनि त्यो सफल भएन। एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवलगायत केही केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइ पनि अध्यक्ष, उपाध्यक्ष र सचिव तथा केन्द्रीय सदस्यमा आवश्यकभन्दा बढी उम्मेदवारी परेपछि निर्वाचनमार्फत निर्णय गरिने लागेको हो।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?