नाडाको अध्यक्षका उम्मेदवार करण चौधरीका एजेण्डा के–के हुन्?

नाडाको अध्यक्षका उम्मेदवार करण चौधरीका एजेण्डा के–के हुन्?
+
-

काठमाडौँ – यहि मंसिर २२ र २३ गते काठमाडौँमा नाडा अटोमोबाइल्स एशोसिएशन नेपालको नयाँ नेतृत्व चयनका लागि निवार्चन हुँदैछ ।

दुई वर्षे कार्यकाल रहने कार्यसमितिको अध्यक्षमा सीजी मोटोकर्प तथा सीजी होल्डिङसका कार्यकारी निर्देशक करण चौधरीले उम्मेदरवारी दिएका छन्। चौधरी अहिले नाडाको कार्यसमितिमा उपाध्यक्ष रहेका छन्।

उनको प्यानलमा अनुप बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणि पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन्। उनको प्यानलमा युवा व्यवसायीदेखि अनुभवी व्यवसायी छन्।

देश सञ्चारले चौधरीसँग नाडाको निर्वाचन, उम्मेदवारी र उनका एजेण्डा लगायतका विषयमा कुराकानी गरेको छ।

१) नाडाको अध्यक्षमा उम्मेदवार बन्ने घोषणा गर्नु भएको छ, आफ्नो कार्यकालका लागि कस्ता एजेण्डा छन्?

नाडा सम्पूर्ण अटोमोबाइल व्यवसायीहरुको प्रतिनिधि संस्था हो । उहाँहरुको आत्मसम्मानलाई म प्रमुख महत्व दिन्छु । अटोमाबाइल क्षेत्रमा सहज व्यवसायीक वातावरण बानइ अझै प्रगतिशील बनाउने प्रयास गर्नुको साथै उच्च आय आर्जन सुनिश्चित गर्ने वातावरण बनाउने छु । यसका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसंग समन्वय गर्ने छु ।

सबै व्यवसायीहरुको राय लिई, व्यवसाय केन्द्रित नीति निर्माण गर्न संयन्त्र निर्माण गर्नेछु । सबैको सल्लाह सुझाव लिने वातावरण बने संस्था नीतिगत तहमा बलियो हुने विश्वास लिएको छु । नाडालाई ‘डाटा हब’ को रुपमा अगाडि बढाउन पनि म प्रतिबद्ध छु । कोभिडबाट व्यवसायीलाई पूर्ण सुरक्षित गर्न पनि म लागिरहेको र लागिरहने छु।

२) जित्नु भयो भने कुन एजेण्डालाई पहिलो प्राथमिकतामा राख्नुहुन्छ ?

सर्वप्रथम मैले सबैको विश्वास जितेर विजय हाँसिल गरेको खण्डमा, म आफ्नो एजेण्डालाई कार्यान्वयनमा लैजान्छु । म सबै व्यवसायीको सलाह सुझाव लिने छु र उनीहरुको व्यवसायलाई बढाउन तिर लाग्नेछ छु।

अटोमोबाइल व्यवसाय भनेको सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय भएको हुनाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउने छु।

३) अझै पनि धेरै सर्वसाधरणको पहुँच निजी सवारी साधनमा पुग्न सकेको छैन। धेरैले अझै पनि सार्वजनिक सवारी साधनको प्रयोग गरिरहेका छन्। सर्वसाधरणसम्म निजी सवारी साधनको पहुँच कसरी पुर्‍याउन सकिन्छ र यसका लागि कसरी काम गर्नुहुन्छ?

सवारी साधनलाई लिएर सोचमा परिर्वतन गर्नु पर्ने हुन्छ। त्यसपछि सोही अनुसारका नीति बन्ने छन्। आज सवारी साधनमा लाग्ने भन्सार उच्च त छँदैछ, खरिदका लागि पनि सहज वातावरण छैन।

त्यो वातावरण सरोकार निकायले बनाउनु पर्‍यो साथै त्यहि अनुसारको सडक पूर्वाधार पनि थालनी गर्‍यो भने स्वतः पहुँच बढ्ने छन्। म अध्यक्षमा निर्वाचित भएमा म र मेरो टिमले सरकार र सरोकारवालाहरूसँग मिलेर सबैको हितमा हुने गरी काम गर्नेछौँ ।

४) सरकारले विद्युतीय सवारी साधनमा जोड दिइरहेको अवस्था छ। अर्को तिर जलवायु परिवर्तको समस्या पनि हामीहरुले भोगिरहेका छौँ। जलवायु परिर्वतनका बारेमा कतिको सोच्नु भएको छ र यसका लागि कसरी काम गर्नुहुन्छ?

विद्युतीय सवारी साधन अहिले आवश्यक देखिएको छ र यो नीतिगत तहका कुरा हुन् । विद्युतीय सवारी साधनहरु नाडामा आवद्ध आयात कर्ताहरुले बिक्री गर्न सुरु गरिसकेका छन्।

यसलाई चरणवद्ध रुपमा नीतिगत तहमै पुनरावलोकन गर्ने, प्रयोग भइसकेको ब्याट्रीहरुको व्यवस्थापन गर्ने, सहज रिचार्ज गर्ने व्यवस्था मिलाउने, गुणस्तरीय सुरक्षित विद्युतीय सवारी साधनको आयातमा नीति बनाउन सरकारलाई नाडाले सहयोग गर्ने छ ।

५) कोरोना महामारीको संकट अझै टरेको छैन। कोरोनाका कारणले स्कुटर तथा बाइकको बिक्री राम्रै भए पनि अन्य सवारी साधनमा कोरोनाको असर देखिएको छ, अबको तयारी कस्तो छ ?

कोरोना महामारीले आफ्नै सवारी साधन हुन्नुपर्छ भन्ने सोच विकास गरेको छ। त्यस कारण दुई पांग्रे सवारी र केही मात्र चार पांग्रे सवारीमा बिक्री बढेको देखिन्छ। तर अझै पनि चार पांग्रे सवारीको बिक्री जुन मात्रामा हुनु पर्ने हो त्यस हिसाबले बढेको देखिँदैन। कसरी चार पांग्रे सवारी साधन सजिलै खरिद गर्ने वातावरण बनाउन सकिन्छ त्यसमा जोड दिने छौँ।

६) नाडाले ट्राफिकसँग मिलेर केही काम गरिरहेको हुन्छ। तर त्यो त्यति प्रभावकारी देखिँदैन। जस्तो ट्राफिक जाम, सडकको अवस्था जस्ताको त्यस्तै छ। ट्राफिक जाम तथा सडक सुधारमा सरकारको मात्र दायित्य तथा जिम्मेवारी हो या निजी क्षेत्रको पनि हो?

नाडाले अहिले पनि सरकार र सम्बन्धित निकायसँग सहकार्य गरेर थुप्रै सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम चुस्तदुरुस्त गर्दै आएको छ। यो अझै प्रभावकारी रुपमा अगाडि बढ्ने छ। साथै यहाँ सबैले आ–आफ्ना तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । हरेकले सबैभन्दा पहिले हामीलाई थप सडक चाहिन्छ भन्दछ तर यो रातारात हुने कुरा होइन । यस बीचमा हामी सबैले ट्राफिक अनुशासन, लेन अनुशासन आदि जस्ता सामान्य कुराप्रति सचेत भई सोको पालना गर्न आवश्यक छ । सबै सचेत र अनुशासित भए ट्राफिक प्रवाह सहज हुन सक्छ ।

७) तपाईँ विजयी हुनु भयो भने आफ्नो कार्यकालमा कुन क्षेत्र सुधार देखिने छ?

अटो व्यवसायलाई सबल र प्रगतिशील बनाउन तिर लाग्ने छु। उच्च आय–आर्जन सुनिश्चित गर्ने वातावरण बनाउने छु। सबैका सलाह र सुझाव लिएर ‘कलेक्टिभ टिम इफोर्ट’ बाट यो सम्भव हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?