हिउँद सुक्खा हुने सम्भावनाले जोखिम बढी

यो हिउँदमा वर्षा कम र अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना

यो हिउँदमा वर्षा कम र अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना
+
-

काठमाडौँ – जाडो यामको तीन महिना (हिउँद) कुल वर्षा सरदर भन्दा कम हुने आँकलन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखा/हावापानी विश्लेषण शाखाले जारी गरेको हिउँद अवधिको हावापानी आँकलन अनुसार यो वर्षको हिउँदमा वर्षा सरदर भन्दा कम तथा अधिकतम तापक्रम भने औषत भन्दा बढी हुने देखिएको हो ।

न्यूनतम तापक्रम भने सरदर र सरदर भन्दा बढी हुने सम्भावना रहेको हालै जारी गरिएको मंसिर १५ देखि फागुन १६ सम्मको हावापानी आँकलनमा उल्लेख छ ।

यो हिउँदमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको उत्तरी क्षेत्र अर्थात पहाडी–उच्च पहाडी भूभाग तथा प्रदेश एकको मध्यपूर्वी पहाडी क्षेत्रमा सरदर भन्दा कम वर्षा हुने देखिएको हो ।

ती क्षेत्रमा औषत भन्दा कम वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका अरु क्षेत्रमा सरदर भन्दा कम वर्षाको सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।

हिउँदमा अधिकतम तापक्रम कहाँ कस्तो रहला?

यो वर्षको हिउँदमा देशका अधिकांश क्षेत्रको अधिकतम तापक्रम औषत भन्दा बढी रहने सम्भावना छ।

विभागले जारी गरेको हावापानी आँकलनमा भनिएको छ, ‘यो वर्षको हिउँद अवधिमा प्रदेश १ र अरु प्रदेशका तराईका जिल्ला बाहेकका अधिकांश क्षेत्रमा अधिकतम तापक्रम सरदर भन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।’

तर बागमती प्रदेशको काठमाडौँ, ललितपुर, भक्तपुर तथा आसपासका जिल्ला, गण्डकी प्रदेशको पर्वत, कास्की र म्याग्दी जिल्लाका धेरै स्थान, सुदूरपश्चिम प्रदेशका डडेलधुरा, बैतडी, डोटी र अछाममा सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला र लुम्बिनी प्रदेशको पूर्वी तराईका जिल्लाका धेरै स्थानमा अधिकतम तापक्रम औषत नै रहेन सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

यस्तै लुम्बिनी प्रदेशको पश्चिम तराईका धेरै क्षेत्रमा अधिकतम तापक्रम सरदर भन्दा कम हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेका विभागले जारी गरेको हिउँदे मौसमी आँकलनमा उल्लेख छ ।

न्यूनतम तापक्रम कहाँ कस्तो रहला?

यो वर्षको हिउँदमा न्यूनतम तापक्रम सरदर र सरदर भन्दा कम रहने आँकलन गरिएको छ।

हिउँदे मौसमी आँकलनमा भनिएको छ, ‘हिउँदको अवधिमा अधिकांश उच्च पहाडी तथा तराईका क्षेत्र र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा न्यूनतम तापक्रम सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत र बाँकी क्षेत्रमा सरदर भन्दा बढी रहने सम्भावना ३५ देखि ५५ प्रतिशत छ ।’

यसैबीच यो वर्षको हिउँदमा दक्षिण एसियाका धेरैजसो दक्षिणी क्षेत्रमा सरदर भन्दा बढी, उत्तर पश्चिमी र उत्तर पूर्वी तथा हिमालय पर्वतीय क्षेत्रमा सरदर वा सरदर भन्दा कम वर्षा हुने आँकलन गरिएको छ ।

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चका अनुसार हिमालय पर्वतीय क्षेत्रको अतिकतम तथा न्यूनतम तापक्रम सरदर वा सरदर भन्दा बढी हुने सम्भावना छ ।

हिउँद सुक्खा हुने सम्भावनाले जोखिम बढी

हिउँदे हावापानी आँकलन अनुसार वर्षा सरदर भन्दा कम तथा अधितम तापक्रम औषत भन्दा बढी एवम् न्यूनतम तापक्रम सरदर वा सरदर भन्दा बढी हुने देखाएको छ । यसको अर्थ यो वर्षको हिउँद तुलनात्मक रुपमा सुक्खा हुने देखिएको हो ।

हिउँद याममा कम पानी पर्ने तथा अधिकतम तापक्रम बढी भएको अवस्थामा डढेलोसहितका जोखिम बढ्ने मौसमविदले बताएका छन् ।

मौसमविद समीर श्रेष्ठले भने, ‘पानी कम पर्ने तथा अधिकतम तापक्रम बढी हुन एवम् केही क्षेत्रमा न्यूनतम तापक्रम पनि सरदर भन्दा बढी हुनुले सुक्खा हुने सम्भावना रहन्छ । यस्तो अवस्थामा डढेलोको जोखिम थपिन्छ ।’

गएको वर्षको हिउँदमा कम पानी परेकाले देशभर डढेलोका घटना वृद्धि भएको थियो । अहिले पनि पानी कम पर्ने सम्भावना रहेकाले सावधानी अपनाउनु पर्ने मौसमविद श्रेष्ठले बताएका छन् ।

गत हिउँदमा उत्तर–पश्चिमी क्षेत्रमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ४० देखि ५० प्रतिशत र अरु क्षेत्रमा सरदर भन्दा कम वर्षाको सम्भावना ४० प्रतिशत आँकलन गरिएको थियो ।

विभागका अनुसार गत वर्षको हिउँदमा सोलुखुम्बुको सल्लेरी, सुनसरीको चतरा र भक्तपुरको नगरकोट वर्षा मापन केन्द्रबाहेक देशका अरु केन्द्रमा सरदर भन्दा कम वर्षा मापन भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?