काँग्रेसको पार्टी–सुसंगठन र सञ्चालनको मार्गचित्र

काँग्रेसको पार्टी–सुसंगठन र सञ्चालनको मार्गचित्र
+
-

नेपाली काँग्रेसले आफूभित्रका विवादलाई मिलाएर र आफूबाहिरका विवादलाई चिरेर अगाडि बढेको लामो इतिहास र अनुभव छ। इतिहासको यो चेतना र अनुभवको धरातलमा आजका विवादहरू मिलाउन सकिन्छ। तर काँग्रेसको केन्द्रीय तहमा विद्यमान अस्तब्यस्तता, संगठनमा देखिएको छरपस्टता, अनुशासनहीनता र निर्णयहीनताको खेदजनक परिस्थितिले जिम्मेवार सबै काँग्रेसजनलाई चिन्तित बनाएको अवस्था छ। नीति, नेता र संगठन राजनीतिक प्रक्रियाका विभिन्न तर अभिन्न अङ्ग हुन्।

खुद्रा–मसिना उपलब्धि अर्को पार्टीप्रति जनतामा विरोधी लहर उठेको आत्मरतिमा रमाउने गर्दा सिंगो काँग्रेसको अभिभारा पूरा हुन सक्दैन। नीतिगत अस्पष्टता, नेतृत्वका अनियन्त्रित कमजोरी र पार्टी संगठनमा उत्पन्न हुने अस्तव्यस्तता देशैभरि देखिएका आजका प्रमुख साझा तथा जल्दाबल्दा समस्या हुन् । पार्टीमा विद्यमान समस्या र चुनौतीलाई सबैको निस्वार्थ योगदानद्वारा सँधैको लागि आमूल समाप्त पार्नुछ ।

मैले आवश्यक देखेका निम्न बुँदाहरूलाई काँग्रेस नेतृत्वको मार्गचित्र (Road Map) को रुपमा प्रस्तुत गरेको छु।

 पार्टी संगठनको आत्मा भन्नु नै अनुशासन हो । अनुशासनहिनताले अराजकता जन्माउँछ । निर्वाचनमा आफ्नै उम्मेद्वारविरुद्ध अन्तरघात गर्नु अनुशासनहिनताको पराकाष्ठा हो । त्यसैले पार्टीमा अनुशासन हेर्ने निकायले नियमन र निर्णय कार्यान्वयन हेर्ने निकायको रुपमा विकसित गर्नुपर्छ । अनुशासन जति सशक्त र प्रभावकारी हुन्छ, पार्टी संगठन त्यति बलियो, प्रभावकारी र लोकप्रिय हुन्छ । पार्टी अनुशासन कसले मान्नुपर्ने कसले नमाने पनि हुने भन्ने अलगअलग ब्यवहार जन्मिनथाल्यो भने त्यो अर्को खेदजनक स्थिति हुन्छ । एकताबद्ध अल्पमतले असंगठित बहुमतलाई पराजित गर्छ भन्ने मन्त्र सम्झेर पार्टी एकताको लागि अनुशासनको एकदमै जरुरत छ।

 पार्टीभित्रको अनेकतालाई बचाउनु पर्छ । कम्युनिस्टको जस्तो रेजिमेन्टेसन र युनिफर्मिटी होइन, तर अनेकतामा एकता (Unity in Diversity)  वा विभिन्नतामा अभिन्नता बनाउनु पर्छ । बहसमा विविधता र निर्णयमा एकता नै काँग्रेसको लोकतान्त्रिक संस्कार तथा परम्परालाई हेक्का राखेर काम गर्नु परेको छ ।

 पार्टीका विभाग, मातहतका निकाय तथा भातृसंस्थाहरूमा अनावश्यक हस्तक्षेप हुनथाल्यो भने संगठन सुदृढ हुँदैन । भातृसंस्थाहरूको अधिवेशनमा अनावश्यक हस्तक्षेप गर्ने वा गिजोल्ने कार्यले संगठन लथालिङ्ग हुन्छ । नेतृत्व सशक्त र प्रभावकारी हुन कदापि सक्दैन । त्यसैले भातृसंस्थाहरूका गतिशीलतमा कतैबाट पनि अनावश्यक र अनैतिक हस्तक्षेप गर्न दिइने छैन ।

 भातृसंस्थाहरूको विधानको टुङ्गो लगाई हस्तक्षेप नगरी पूर्ण लोकतान्त्रिक प्रक्रियाद्वारा नेतृत्व निर्वाचित हुने व्यवस्था गर्नुपर्छ ।

 भ्रष्टाचारबिरूद्ध सचेतना अभियानका साथै यसबिरूद्ध विभिन्न कार्यक्रम चलाई पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्नुपर्छ । पार्टी राजनीतिमा लागेको, पढालेखा, विचारवान्, निष्ठावान्, गरिव तर पार्टीप्रति निष्ठावान् कार्यकर्ताले धनको तुजुकबिनै कसरी सफलताका सिढी चढ्ने मौका पाउँछ ? अबको नेतृत्वले वैचारिक पुनर्जागरणको दिशामा निष्कर्ष बनाउन सक्नुपर्छ ।

 कार्यकर्ताहरूलाई प्रशिक्षण, तालिम, अभिमुखीकरण (Orientation) अवलोकन भ्रमण आदि सचेतनामूलक र विवेकमा आधारित कार्यक्रमले पनि पार्टी संगठन प्रभावकारी बनाउँने हुनाले दक्षताबृद्धि कार्यक्रम लागु गरिने छ ।

 नयाँ पुस्तालाई आकर्षण दिने र नेतृत्वको विकास गर्ने अवसर र वातावरण पार्टीभित्र संस्थागत रुपले विकसित गर्नुपर्छ । पद्धति, विचार र आचरणलाई एकीकृत तरिकाबाट प्रोत्साहित गर्नुपर्छ ।

 जनतालाई प्रत्यक्ष सेवा प्रदान गर्ने, विपदको बेलामा उद्धार, राहत तथा अन्य सहयोग पुर्याउने र अन्याय भएका मामिलामा संगठित र सामुहिक आवाज वा दबाबमूलक कार्यक्रमद्वारा समाधानको प्रयास गरिने छ । काँग्रेसलाई प्रजातान्त्रिक समाजवादको बाटोबाट अगाडि बढाउनु पर्छ । सामाजिक न्याय, मूल्य, मान्यता हरूलाई समयसापेक्ष परिमार्जन र सुधार गर्दैजानु पर्छ । यसका लागि पार्टीभित्र वैचारिक पुनर्जागरणको जरुरत पूरा गर्ने संयन्त्र विकसित गर्नुपर्छ ।

पार्टी संगठनको आत्मा भन्नु नै अनुशासन हो । अनुशासनहिनताले अराजकता जन्माउँछ । निर्वाचनमा आफ्नै उम्मेद्वारविरुद्ध अन्तरघात गर्नु अनुशासनहिनताको पराकाष्ठा हो । त्यसैले पार्टीमा अनुशासन हेर्ने निकायले नियमन र निर्णय कार्यान्वयन हेर्ने निकायको रुपमा विकसित गर्नुपर्छ । अनुशासन जति सशक्त र प्रभावकारी हुन्छ, पार्टी संगठन त्यति बलियो, प्रभावकारी र लोकप्रिय हुन्छ ।

 अन्य जिल्लामा कार्यरत नेपाली काँग्रेसका जिल्ला सभापति, जिल्ला कार्यसमिति र साथीहरूका बीच समन्वय र सामुहिक प्रयासका साथ राष्ट्रिय कार्यक्रम सञ्चालन गर्न काँग्रेसको जिल्ला सभापतिको रुपमा मेरो समर्पित प्रयास रहने छ ।

काँग्रेस अहिले पनि जनाधारमा बलियो छ, तर सङ्गठनमा कमजोर छ । नेतृत्वले पार्टीको सारा शक्ति समेटेर संगठित बनाउनु जरुरी छ । यसका लागि सर्वप्रथम नीतिगत स्पष्टता र निर्णयमा दृढता हुनुपर्छ । केन्द्रीय नेतृत्व तहलाई समेत हाम्रो आग्रह छ, भागबण्डाका आधारमा होइन, विधान, विधि, नीति, लोकतान्त्रिक प्रक्रियामा सम्पूर्ण निर्णय गर्ने प्रतिबद्धता हुनुपर्छ ।

जिल्ला कार्यसमितिहरूलाई आफ्नो कार्यक्षेत्रभित्र पूर्ण प्रभावकारी बनाउनु र जिम्मेवारी सुम्पिनु पर्छ । केन्द्रले प्रदेशसँग समन्वय, प्रदेशले जिल्लास्तरसँग र जिल्लाले गाउँ/नगरपालिका तहसँग समन्वय, सञ्चालन र निर्देशनको पूर्ण अधिकारको व्यवस्था गर्नुपर्छ । जिल्ला सभापतिको हैसियतले मेरो कार्यकालमा ‘नेपाली काँग्रेस शुद्धीकरण तथा सुदृढीकरण अभियान’ र ‘जनसम्पर्क अभियान’ नामक दुई कार्यक्रमलाई निरन्तर रुपमा चलाईने छ । चुनाब लड्ने लक्षले मात्र होइन, महाधिवेशनलाई वैचारिक र बहसपूर्ण पनि बनाउनमा रणनीति तय गर्ने काम पनि यो अभियानले गर्नु आवश्यक छ ।

पार्टीमा वैचारिक र नैतिकताको राजनीति मर्दैगएको छ । अग्रज वा संस्थापक नेताहरूले राखेको नैतिक संस्कार मर्दै गएको, नैतिकता बाधक मान्न थालिएको, पार्टीको विधान, आचारसंहिता, घोषणापत्रजस्ता अनिवार्य पालनाका विषयहरू निष्कृय बन्दैगएको हो कि भन्ने भान हुन्छ । यस्ता विकृति र विसंगतिहरूलाई पनि हामीले नै हटाउनु परेको छ । वास्तबमा काँग्रेसको शुद्धीकरण र वैचारिक पुनर्जागरण भनेको नै यही हो । हाम्रो लोकतन्त्रमा पैसाको सर्बोच्चता होइन जनताको चाहनामा आधारित निर्णायक विचार र प्रतिबद्धता नै सर्वेसर्वा होस् ।

आजको नयाँपुस्ता विद्युतीय सामाजिक सन्जालद्वारा ल्याइएका लोकतान्त्रिक वा स्वतन्त्रतावादी आन्दोलनको संवाहक हो । यो सिर्जनशील र शक्तिशाली पुस्ताको सहभागिता नेपाली काँग्रेसलाई चाहिएको छ । पार्टीको सुन्दर इतिहास देखाएर तर पुरानै ढर्रा, बासी विचार र लथालिङ्ग चालाले नयाँ पुस्ताको सहभागिता हुनसक्दैन भन्ने पनि छर्लङ्ग छ । त्यसैले सर्वप्रथम पार्टीमा शुद्धीकरण र संगठन सुदृढीकरण, पूर्णएकता र शक्तिसञ्चयको लागि समेत अनिवार्य छ । फुटेको हाँडी जोडेजस्तो प्राविधिक रूपको वा टालटुले एकताले हुँदैन । काँग्रेसभित्र भावनात्मक तथा भातृत्वपूर्ण एकता बनाउनै पर्छ । फुटपरस्त पार्टीको जनतामा कुनै भाउ छैन भन्ने धरातलीय यथार्थ हामीले नै आत्मसात गरेर समाधानको बाटोमा लाग्न चौधौं महाधिवेशनलाई सदुपयोग गर्नुपरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?