माओवादी केन्द्र गण्डकी अध्यक्षमा गुरुङ   

माओवादी केन्द्र गण्डकी अध्यक्षमा गुरुङ   
+
-

कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिकाे अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छन्।प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम अधिवेशनले उनकाे अध्यक्षतामा २०१ सदस्यीय समिति निर्वाचित गरेको हो।

अध्यक्षमा चयन भएका नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकसमेत हुन्। उनी अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय सचिवको जिम्मेवारीमा समेत रहेका छन्।

गण्डकी प्रदेशको पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै पार्टी निर्माणमा आफू क्रियाशील रहने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरिन्। अधिवेशनले अध्यक्ष सर्वसम्मत निर्वाचित गरे पनि अन्य पदाधिकारी भने चयन गरेको छ। नवनिर्वाचित कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिइन्।

माओवादी केन्द्रले मङ्सिर २५ गते एकैदिन सात भौगोलिक प्रदेश र दुई गैरभौगोलिक प्रदेशको सम्मेलन आयोजना गरेको थियो। -रासस

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष