देउवाले ‘प्रधानमन्त्री’ दिन्छु भनी वचन दिनुभएको छ: प्रकाशमान सिंह

देउवाले ‘प्रधानमन्त्री’ दिन्छु भनी वचन दिनुभएको छ: प्रकाशमान सिंह
+
-

काठमाडौँ- कांग्रेस सभापतिको दोस्रो मतदानमा शेरबहादुर देउवालाई समर्थन गरेका प्रकाशमान सिंहले आफ्ना मतदाताहरुसँग गोप्य भेला गर्दै शक्ति बाँडफाँटसहित प्रधानमन्त्री पदसम्म दिने वचन पाएपछि आफूले यस्तो निर्णय लिएको जानकारी दिएका छन्।

पहिलो चरणमा सोमबार भएको मतदानमा पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीचको प्रतिष्पर्धामा सिंहले देउवालाई सघाउने निर्णय गरेका थिए।

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान राष्ट्रिय सभागृहमा मंगलबार दिउँसो ४ बजेदेखि सुरु भएको छ।

देउवाले ५० प्रतिशतभन्दा ८२ मत मात्र कम ल्याएका थिए।

आफ्ना मतदाताहरुसँगको भेटमा सिंहले देउवाबाट पार्टी र राष्ट्रिय राजनीतिमा पर्याप्त अवसर पाउने प्रतिबद्धता पाएपछि आफूले उनलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिँदै भने- ‘ढुक्क भएर मतदान गर्नुहोला, सबै विषयमा कुरा भएको छ।’

उनले देउवासँग शक्ति बाँडफाँटको कुरा भएको र राष्ट्रिय निर्वाचनपछि कांग्रेसको सरकार बन्दा आफूलाई देउवाले प्रधानमन्त्रीमा प्रस्ताव गर्नेसम्मको आश्वासन पाएको जानकारी आफ्ना मतदाताहरुलाई दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?