
काठमाडौँ – बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल अहिले श्रीलंकासँग खेलिरहेको छ। पहिलो हाफको समाप्तीमा नेपाल ३-० गोलले अगाडि छ। नेपालले सुरुवातको ६ मिनेटमै २-० गोलको अग्रता बनाएको थियो। पहिलो हाफको अन्त्यतिर तेस्रो गोल थपेको हो।
पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपाल जित हात पार्नैपर्ने दबाबमा छ।
प्रतियोगितामा दुई खेल खेलिसकेको श्रीलंकाले अंक जोड्न सकेको छैन। पहिलो खेलमा भुटान र दोस्रो खेलमा भारतसँग समान ५-० गोलले पराजित भएको थियो।
अंक तालिकामा दुई खेलबाट ४ अंक भएको बंगलादेश शीर्षस्थानमा छ।
एक खेल खेलेको भारतको ३ अंक छ भने दुई खेल खेलेको भुटानको ३ अंक छ। पाँच टोली सहभागी रहेको यस प्रतियोगितामा राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।