प्रदेश एकमा सुरक्षा स्टिकर टाँस अभियान सुरु

प्रदेश एकमा सुरक्षा स्टिकर टाँस अभियान सुरु
+
-

मोरङ- प्रदेश सरकारको एक सय दिन कार्यक्रम अर्न्‍तगत प्रदेशको १४ जिल्लामा एकैसाथ सुरक्षा स्टिकर टाँसको कार्यक्रम सुरु गरेको छ।

सोमबार विराटनगरस्थित आर्दश माध्यामिक विद्यालयबाट मुख्यमन्त्री शेरधन राईले नागरिक सूचना र सुरक्षाको लागि घर घरमा स्टिकर टाँस अभियानको औपचारीक रुपमा उद्घाटन गरेका थिए।

प्रदेश सरकार गठन भएसँगै सरकारले एक सय दिनको कार्यक्रम घोषणा गरेको थियो। सोही क्रममा अपराध र समस्यामा जनतालाई सुरक्षित राख्नका लागि प्रहरी कार्यालयको सम्पर्क नम्बरसहित घर घरमा स्टिकर टाँसको कार्यक्रम अघि बढाइएको हो।

सो क्रममा मुख्यमन्त्री राईले यस कार्यक्रमले बिधि र सुशासन कायम राख्‍ने विश्वास व्‍यक्त गरे। प्रदेश सरकार जनतामाझ नया प्रकारले सम्बन्ध बनाउदै अघि बढेको बताएका मुख्यमन्त्री राईले भने, ‘यस कार्यक्रमले सरकार र जनतालाई एक आपसमा नजिक बनाउनेछ।

त्यसैगरि, प्रदेश एकका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले स्टिकरमा उल्लेखित प्रहरीको नम्बरमा जनताले प्रत्यक्ष घटना वा असुरक्षा महसुस भए खबर गर्न सकिने बताए।

प्रदेश सरकारले यस कार्यक्रमलाई प्रदेशमा अपराधलाई न्यूनीकरण गर्न अघि बढाएको हो। उद्घाटनका अवसरमा मुख्यत महानगरपालिका, सरकारी निकायका भवनहरुमा सुरक्षा स्टिकर टाँस गरिएको छ।

यसपछि स्थानीयको घरघरमा स्टिकर टास गरिने बताइएको छ। प्रदेश सरकारका अनुसार यस कार्यक्रममा करिब १० लाख घरधुरी प्रत्यक्ष रुपमा जोडिनेछन्। कार्यक्रमलाई प्रदेशको शान्ति सुरक्षा कायम गर्न प्रहरीसँग नागरिकको सहकार्य हुने अपेक्षा लिइएको छ।

प्रदेश सरकारले एक महिनाभित्रमा प्रदेशका घरधुरीमा स्टिकर टाँसिसक्ने आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

जनतासँग प्रहरी नामक कार्यक्रममा जिल्ला प्रमुख रामप्रसाद आचार्य, महानगरपालिका प्रमुख भीम पराजुली, प्रहरी निकायका प्रदेशस्तरीय उच्चपदस्थ पदाधिकारी लगायतको उपस्थिती रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?