
मोरङ-संघीय समाजवादी फोरम नेपालले सरकारलाई समर्थन दिएको हुनाले लोकतन्त्र जोगाउने दायित्व अब नेपाली कांग्रेसमाथि रहेको कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन्।
विराटनगरमा ट्रेड यूनियन कांग्रेस मोरङ र जापान इन्टरनेशनल फाउण्डेसनको सहयोगमा आयोजित कार्यक्रममा नेता कोइरालाले लोकतन्त्रको रक्षाको अभिभारा कांग्रेसमा आएको बताएका हुन्।
अधिनायकवादको खतरा महसुस गरेका नेता कोइरालाले पछिल्लोसमय आधिकारीक ट्रेड यूनियनको नाममा सवै पक्षलाई समेट्ने कुराले पनि एकदलिय शासनतर्फ मुलुक धकेलिन सक्ने बताए।
त्यसैगरि प्रतिपक्षमा रहेको कांग्रेसले संसदमा उपस्थिति समेत देखाउन नसके अवस्थामा समस्या झन् विकराल बन्दै जानेतर्फ सचेत गराएका थिए। उनको यस भनाईले, नीति तथा कार्यक्रम पासगर्ने सन्र्दभमा कांग्रेसले मौनता साधेर भुल गरेको ठम्माइ थियो।
उनले भने, ‘नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयमा कांग्रेसले एउटा निश्चित भूमिका निर्वाह गर्न सक्नुपर्ने थियो। त्यसमा पनि कांग्रेस चुक्न पुग्यो।
त्यसैगरि, कमजोर मानसिकता त्यागेर अबको पाँच कांग्रेसले जनताका घर घरमा पुगेर आफूलाई बलियो बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए। उनले भने, हिजोको दिनमा हाम्रो संगठन अत्यन्त नाजुक अवस्थामा रहेको प्रस्टाए।