
विष्णु तिवारी
पुस ३, २०७८

अ
+
अ
अ
-
नौलो थिति प्रवचनका पोका रहेछन्
ओसिएका नपड्किने खोखा रहेछन् ।।
सिसी फाल हाम्रै ठेकी ठिक भन्नेका
डण्डा ठोक्दा टाउकोमा फोका रहेछन् ।।
गाउँघर सफर गर्दा मानगरि बोक्लान्
उलिन्काठ भनि चढ्दा डोका रहेछन् ।।
जो आउन आखिर उहि ड्याङका मुला
कसरी भन्नु नाइके सबै चोखा रहेछन् ।।
दमाहा जस्ता भुँडीवाल अगस्ति झैँ बने
घ्याम्पै उडाउँदा नपुग हुने भोका रहेछन् ।।

