
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दिप लामिछानेले आफूलाई जिम्मेवारी दिएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा परिवारका रुपमा खेल्ने र टिममा सबैको स्थान खुला रहेको बताएका छन्।
क्यानले ज्ञानेन्द्र मल्ललाई हटाएर उनलाई नियुक्त गरेपछि आइतबार सामाजिक सन्जालमा लेख्दै सन्दीपले भनेका छन्- हामी परिवार, टिम र युनिटका रुपमा खेल्ने छौँ। टिममा स्थान बनाउन सबैका लागि ढोका खुला रहने छ।
Together we can achieve anything. #Honored #JaiNepal🇳🇵 pic.twitter.com/pzQQTFYHSM
— Sandeep Lamichhane (@Sandeep25) December 19, 2021
सन्दीपले नेपालको राष्ट्रिय झन्डा छातीमा टाँसेर खेल्नु आफ्नो सपना भएको दोहोर्याउँदै अझ कप्तानको जिम्मेवारी पाउँदा अझ खुसी र जिम्मेवारी थपिएको बताएका छन्।
ज्ञानेन्द्रसहित चार जना खेलाडीमाथी गरिएको कारबाहीपछि स्थिती अन्योलपूर्ण रहेका बेला सन्दीपले बोलेका हुन्।