कामका लागि भारत जान सहज, कमाइ असुरक्षित

कामका लागि भारत जान सहज, कमाइ असुरक्षित
+
-

काठमाडौँ– भारतका विभिन्न क्षेत्रमा काम गर्ने नेपाली असुरक्षित रहेको पाइएको छ । खुल्ला सिमानाका कारण जथाभावि रुपमा भारत गए पनि उनीहरुले त्यहाँ जोखिम मोलेर काम गरिरहेको पाइएको सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले जनाएको छ ।

सोमबार भारतमा काम गर्ने नेपालीलाई प्रक्रियामा ल्याउने निषयमा सरोकारवालासँग छलफल गर्दै यसका लागि सरकारलाई केहि दिनमै सुझावसहित ध्यानाकर्षण गराउने तयारी समेत गरेको छ । भारत जान नेपालीलाई सहज भएपनि त्यहाँ काम राम्रो नपाएको, कम तलव पाएको र त्यहि पनि सुरक्षित रुपमा नेपाल ल्याउन नसकिरहेको भन्दै यस विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिएको छ ।

तराई मधेस, मध्यपश्चिम र सूदुरपश्चिमका धेरै नेपाली भारतमा काम गर्न गएपनि उनीहरुको तथ्याँक सरकारसँग नभएको भन्दै तथ्याँक राख्न माग गरेको छ । भारमा काम गर्ने नेपाली फर्किनेक्रममा पटक पटक लुटिएका घटना सार्वजनिक भएपनि सरकारले ध्यान दिन नसकेको कार्यक्रममा सहभागीले बताएका छन् ।

त्यहाँ काम गर्ने सामान्य कामदारलाई बैंकिङ च्यानलबाट रकम पठाउने प्रक्रिया थाहा नहुँदा र बिनाकागजात भारत जाने भएकाले यसबाट बञ्चित हुने गरेका छन् । भारतमा बैंकमा खाता खोल्न पासपोर्ट र नेपाली दूतावासको सिफारिस समेत चाहिने भएपनि धेरै नेपाली पासपोर्ट नलिई भारत जाने भएकाले कमाएको रकम समेत सुरक्षित रुपमा नेपाल ल्याउन सकेका छैनन् । कमाएर नेपाल फर्किने क्रममा बाटैमा लुटिने र कुनै समस्या पर्दा समेत सहयोग नपाउने गरेको आप्रवासी कामदारको क्षेत्रमा क्रियाशिल संघसंस्थाले बताएका छन् ।

बिगतमा कार्यस्थल दुर्घटनामा परेका नेपालीले समेत कुनै आर्थिक सहायता त्यहाँको रोजगारदाता र नेपाल सरकारबाट समेत पाउन नसकेको भारतमा लामो समय काम गरेका फर्किएका कान्तिपुर दैनिकका पत्रकार देवेन्द्र भट्टराईले बताए । उनले संघसंस्थालाई अरुका कमिकमजोरी मात्रै नखोतलि आफ्नो जिम्मेवारी कामदारले पु¥याउनु पर्ने प्रक्रियाका बारेमा समेत ध्यान दिन आग्रह गरे । उनले आवश्यक कागजात नलगि जाँदा र त्यहाँको प्रक्रियाको बारेमा थाहा नपाउँदा नेपालीले दुःख पाइरहेको सुनाए ।

सञ्जालका अध्यक्ष कुलप्रसाद कार्कीले आफूहरुले यस विषयमा केहि ठाउँमा सर्वे गरेको र त्यहाँ देखिएको अवस्था र गर्नु पर्ने सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराउनु बताएका छन् । उनले स्थानीय निकायमा वैदेशिक रोजगारीमा जाने कामदारको रेकर्ड राख्ने प्रक्रिया थाल्न, रेमिट्यान्सलाई सहज बनाउन, आर्थिक सहायता दिलाउन र सामाजिक सुरक्षामा ध्यान दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सुझाव दिने बताएका छन् ।यसका लागि सरकारसँग सहकार्य गरेर आफूहरु काम गर्न तयार रहेको कार्कीले बताए ।

अन्य देशमा काम गर्ने नेपालीको तुलनामा भारतमा काम गर्ने नेपालीको कमाई थोरै भएको र त्यहि पनि नेपालसम्म ल्याउन गाह्रो भएको उनले बताएका छन् । यसका लागि राज्यसँगै टे«ड युनियनले समेत समन्वय गर्नु पर्ने उनको धारणा छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?