माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री विजयी

माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री विजयी
+
-

काठमाडौँ – नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन्।

प्रदेश सम्मेलनअन्तर्गतको निर्वाचनमा पौडेलले प्रतिस्पर्धी दिनानाथ गौतमलाई हराएका हुन्। निर्वाचनमा विजयी सहयात्रीले १६२ पाउँदा र प्रतिस्पर्धी गौतमले ८६ मत प्राप्त गरेका थिए।

सोमबार राति सार्वजनिक मत परिणामअनुसार उपाध्यक्षमा रूपा मर्हजन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना निर्वाचित भए। विजयी उपाध्यक्षहरु महर्जनले १७८, पुलामीले १३८ र ढुंगानाले १०१ मत पाएका थिए। तीन उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको थितयो।

त्यस्तै सचिवमा इन्द्रबहादुर थिङ १४९ मतसहित विजयए भए। उनले रामचन्द्र अधिकारी र धर्म डंगोललाई पराजित गरेका थिए। पराजित अधिकारीले ७८ र डंगोलले १४ मत पाएका थिए।

तीन सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भए। ९ जनाको उम्मेदवारी परेको सहसचिवका विजयी बुर्लाकोटीले ११५, लामिछानेले १०९ र श्रेष्ठले १०८ मत पाएका थिए। कोषाध्यक्षमा संगीता भट्टराई १५३ मतसहित निर्वाचित भइन्। उनले तोत्रकुमारी अधिकारी र विदुर खड्कालाई पराजित गरेकी थिइन्। अधिकारीले ५८ मत र खड्काले २४ मतमात्रै पाए।

मंसिर २५ र २६ गते काठमाडौँमा भएको प्रथम प्रदेश सम्मेलनले २७५ जना सदस्य चयन गरे पनि पदाधिकारी छान्न सकेको थिएन। पदाधिकारीको लागि सोमबार मतदान भएको निर्वाचन प्रमुख सुन्दरराज रेग्मीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?