
काठमाडौँ- पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका ३ जनालाई व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन्। पेस्तोलमा लाग्ने चार राउन्ड गोली पनि बरामद भएको छ।
पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका-१ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्री, गैँडाकोट नगरपालिका-१४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी
(पश्चिम) सुस्ता गाउँपालिका-९ बस्ने २० वर्षीय संजय गुरुङ रहेका छन् ।
ती महिला पसलमा बसिरहेको अवस्थामा लु ४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका उनिहरुले हतियार देखाई सुनको सिक्री लुटेर भाग्न खोज्दा राम बहादुरलाई स्थानीयले नियन्त्रणमा लिएका थिए। गैंडाकोट नगरपालिका-१४ बाट फेला परेका संजय गुरुङको साथबाट पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।