
काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत भइरहेको केन्द्रीय सदस्यहरुको मतगणनामा गण्डकी प्रदेशको अन्तिम नतिजा प्राप्त भएको छ।
अन्तिम नतिजाअनुसार गण्डकी प्रदेशको खुला दुई सदस्यमा ध्रुब वाग्ले र कृष्णचन्द्र नेपाली पोखरेल निर्वाचित भएका छन्।
वाग्लेले २७२० मत प्राप्त गरेका छन् भने पोखरेलले २३०६ मत प्राप्त गरेका छन्। पोखरेल गण्डकी प्रदेशमा मुख्यमन्त्री हुन्।
त्यस्तै महिला खुला सदस्यमा सरस्वती अर्याल तिवारी २५९३ मत ल्याएर विजयी भएकी छन्।