बंगलादेशका बलर हावी

२९८ रनको लक्ष्य पछ्याइरहेको नेपालले २५ ओभरमा केवल ६४ रन जोड्यो, ४ ब्याट्सम्यान ढले

२९८ रनको लक्ष्य पछ्याइरहेको नेपालले २५ ओभरमा केवल ६४ रन जोड्यो, ४ ब्याट्सम्यान ढले
+
-

काठमाडौँ- यूएईमा जारी एसिसी यू-१९ एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा बंगलादेशसँग २ सय ९८ रनको लक्ष्य पछ्याइरहेको नेपालले खराब ब्याटिङ गरिरहेको छ। नेपालले २५ ओभरमा ४ विकेट गुमाएर केवल ६४ रन जोडेको छ।

नेपालका प्रारम्भिक ब्याट्सम्यानद्धय अर्जुन कुमाल ५ तथा कप्तान समेत रहेका देव खनालले १२ रन जोडे। सन्तोष कार्की ३ र विकेटकिपरसमेत रहेका अर्जुन साउद १५ रनमा आउट भए। विवेक मगर २४ रनमा खेल्दैछन्।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रन जोड्यो। बंगलादेशका प्रान्तिक नरोज नाबिल एक्लैले एक सय २७ रन जोडे। विकेटकिपर मोहम्मद फाहिमले पनि ५८ रन बनाए।

बंगलादेशले चौथो विकेटका लागि एक सय ७९ रनको साझेदारी गरेको थियो। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नाबिलले एक सय १२ बलमा एक छक्का र ११ चौका प्रहार गरे।

नेपालका गुल्सन झा, तिलक भण्डारी र मोहम्मद अदिल खानले एक एक विकेट लिए। नेपाल रहेको समूह बीमा श्रीलंका र कुवेत पनि रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?