
यूएईमा जारी एसिसी यू-१९ एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा अहिले श्रीलंकासँग भिडिरहेको नेपालले विशाल लक्ष्य पाउने सम्भावना देखिएको छ।
पहिला ब्याटिङ गरेको श्रीलंकाले दुई जना ब्याट्सम्यानको सतकीय पालीमा ४२ ओभरमा एक विकेट गुमाएर २ सय ५१ रन जोडेको छ।
सदिसा राजापाक्ष्या एक सय १७ र चामिन्दु विक्रमासिंघे १ सय ११ रनमा खेल्दै छन्। उनीहरुबीच दोस्रो विकेटका लागि २ सय १२ रनको साझेदारी भइसकेको छ।
यसअघि पहिलो खेलमा नेपालले बंगलादेशसँग एक सय ५४ रनको हार ब्यहोरेको थियो।