एसएसपी यादवको आत्महत्यामा जागिरको कारण देखिँदैन- प्रहरी प्रवक्ता

एसएसपी यादवको आत्महत्यामा जागिरको कारण देखिँदैन- प्रहरी प्रवक्ता
+
-

काठमाडौँ- नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता बसन्तराज कुँवरले झुन्डिएको अवस्थामा फेला परेका वरिष्ठ प्रहरी उपरीक्षक-एसएसपी सुशील यादवको घटनामा जागिरको कुनै सम्बन्ध नरहेको बताएका छन्।

सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एसएसपी कुँवरले भने, ‘प्रारम्भिक अनुसन्धानमा जागिरको सम्बन्ध नदेखिएको पाइएको छ।’ आफूसँगै जागिर सुरु गरेका व्यक्ति आइजिपी हुँदा आफू भने एसएसपीमै रोकिएको कारणले यादवले आत्महत्या गरेको हुन सक्नेलगायतका प्रारम्भिक अड्कलबाजीहरु भएका थिए।

एसएसपी कुँवरले यादवको बानी ब्यवहार दुई महिनादेखि परिवर्तन भएको देखिएकाले अन्य कारणहरुको सम्बन्ध रहन सक्ने र त्यसलाई सुक्ष्मरुपमा हेर्ने काम भइरहेको बताए।

‘यतिबेला शोकमा रहेकाले धेरै कुरा बुझ्न पनि गाह्रो हुन्छ’, पारिवारिक कारण हुन सक्ने संकेत गर्दै कुँवरले भने। केही दिनअघि संघीय प्रहरी इकाई भैरहवामा कार्यरत रहेको अवस्थामा यादब सरकारी क्वार्टरमा झुन्डिएको अवस्थामा फेला परेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?