
काठमाडौँ – यूएईमा जारी एसिसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा अहिले कुवेतसँग खेलिरहेको नेपालले खराब प्रदर्शन गरेको छ।
पहिला ब्याटिङ गरेको नेपालले ५ ओभरमा ३ विकेट गुमाएर २७ रन जोडेको छ। कप्तान देव खनाल र ५ र विकेटकिपर अर्जुन साउद १० रन बनाएर आउट भए। प्रारम्भिक ब्याट्सम्यान सन्तोष कार्कीले पनि ५ रन मात्र जोडे।
कुवेतका मिर्जा अहमद एक्लैले तीन विकेट लिएका छन्। प्रतियोगितामा सुरुका दुई खेलमा बंगलादेश र श्रीलंकासँग पराजित भएको नेपाल पहिलो चरण पार नगर्ने निश्चित भइसकेको छ।