द क्लिफमा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ सुरु

द क्लिफमा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ सुरु
+
-

कुश्मा – विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ सुरु भएको छ।

कालीगण्डकीमाथिको भिरस्थित रिसोर्ट परिसरमा (बाग्लुङ बलेवातर्फ) स्काइ साइक्लिङ निर्माण गरिएको हो। साइक्लिङ दुईतर्फी गरी ६ सय मिटर रहेको द क्लिफले बताएको छ।

प्रतिव्यक्ति ३ हजार ५ सय रहेको साइक्लिङ खेल्न हाल सुभारम्भ छुटअन्तर्गत २ हजार ५ सयमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए। बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त बीस प्रतिशत छुट दिइने उनले जानकारी दिए।

गुलेली पिङ, पारिवारिक पिङ, हाइ रोप स्टेसन, स्काइ चियर, घोडाचडी सञ्चालनमा ल्याएको द क्लिफले नयाँ प्रडक्टका रुपमा स्काइ साइक्लिङ सुरु गरेको कार्की बताउँछन्।

‘विश्वमा २ सय अठ्ठाइस मिटर उचाइमा र ६ सय मिटरको कुनै पनि व्यवसायिक स्काइ साइक्लिङ नरहेकोले यो नै विश्वको लामो र अग्लो व्यवसायिक जिपलाइन हो’ अध्यक्ष कार्कीले दावीसाथ भने।

विश्वकै अग्लो स्विङसमेत सञ्चालन गर्दै आइरहेको द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन युवाहरूमाझ निकै लोकप्रिय छ। उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना रहेको र भविष्यमा अन्य गतिविधिसमेत थप गरिने उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?