वालिङका किसानलाई हाते ट्र्याक्टर मर्मत तालिम

वालिङका किसानलाई हाते ट्र्याक्टर मर्मत तालिम
+
-

वालिङस्याङ्जाको वालिङ नगरपालिकाले यहाँका किसानलाई हाते ट्र्याक्टर मर्मतसम्बन्धी तालिम प्रदान गरेको छ। नगरपालिकाले बर्सेनि हाते ट्र्याक्टर वितरण गर्दै आए पनि बिग्रेपछि प्रयोगविहीन हुने समस्या बढ्दै गएकाले किसानलाई मर्मतको तालिम दिइएको हो।

मर्मत गर्न सिकाएर हाते ट्र्याक्टर सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यका साथ किसानलाई तालिम प्रदान गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए। वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारीमा ‘कोभिड–१९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’अन्तर्गत किसानलाई हाते ट्रयाक्टर मर्मतसम्बन्धी एकहप्ते तालिम दिइएको हो। तालिममा वालिङका १४ वडाका ५० कृषक सहभागी छन्।

‘गाउँ-गाउँमा हाते ट्रयाक्टर छन्, कतिपय बिग्रेपछि थन्क्याइएको छ’, नगर प्रमुख खाँणले भने, ‘प्रयोगबिहीन भएपछि नयाँ किन्ने गरेको पाइयो, त्यसैले किसानलाई तालिम दिएर मर्मत गरी पुनः सञ्चालन गर्न सक्ने बनाउने योजना छ।’

गाउँमै मर्मत गर्न सक्ने भएपछि बजार लैजानुपर्ने बाध्यता हटेर जाने खाँणको भनाइ छ। ‘मर्मतभन्दा ढुवानीमा बढी रकम र समय खर्च हुने गरेको छ’, उनले भने।

मर्मतमा धेरै खर्च हुने भएकाले त्यसलाई जोगाउन पनि किसानलाई सीप सिकाइएको युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष