आफ्नो ५० औँ जन्मदिनमा पूर्वयुवराज पारसले भने- मैले आफ्नैबारे धेरै सिकेँ

आफ्नो ५० औँ जन्मदिनमा पूर्वयुवराज पारसले भने- मैले आफ्नैबारे धेरै सिकेँ
+
-

काठमाडौँ- पूर्वयुवराज पारस शाहले आफ्नो ५० औँ जन्मदिनको अवसरमा एक विज्ञप्ति जारी गर्दै आफ्नै जीवनबाट धेरै कुरा सिकेको बताएका छन्।

बिहीबार आफ्नो ५० औँ जन्मदिन मनाइरहेका पारसले भनेका छन्, ‘यस लामो दौरानमा मैले जीवन परिवर्तन गर्ने घटना र महत्वपूर्ण क्षणको अनुभव र साक्षी हुन पाएको छु। यसबाट म हुर्किएको छु र आफ्नैबारे धेरै सिकेको छु।’

५० औँ जन्मदिनमा ब्युँझँदा विश्व समुदायमा नेपाल अद्वितीय ठाउँका रुपमा महसुससमेत भएको उनले उल्लेख गरेका छन्। ‘हाम्रो धार्मिक र सांस्कृतिक पहिचानको रक्षाका लागि यस्ता कुराले मलाई उत्प्रेरित गर्न‍े गरेको छ। नेपालमा उल्लेखनीय सम्पन्नता छ र हामी एक भएर उपलब्धिहरु हासिल गर्न सक्छौँ’, उनले भनेका छन्।

उनले ५० वर्षको उमेरमा स्वास्थ्य र परिवार नै महत्वपूर्ण दुई  उपहार रहेको उल्लेख गर्दै आफुलाई ती सबै प्राप्त भएको पनि बताएका छन्। भावी पुस्ताका लागि समतामूलक र स्थीर नेपाल निर्माणका लागि आफ्नो लगातारको प्रयत्नका लागि त्यसले सहयोग पुर्‍याइरहेको पनि बताएका छन्।

नेपाललाई सार्वभौम सम्पन्न बनाउन आफ्ना पुर्खाहरुले गरेको त्याग र बलिदानको पनि उनले स्मरण गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?