
म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको अस्कारेखोलामा निर्माण भएको ट्रस प्रविधिको झोलुङ्गे पुलबाट तीन वडाका ७०० घरधुरी लाभान्वित भएका छन् ।
धौलागिरि गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरी कूल ३० लाख ५० हजार रुपैयाँको लागतमा ३५ मिटर लामो पुल निर्माण भएको हो ।
टिबिएसयुको प्राविधिक र गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोगमा निर्माण भएको सो पुलबाट धौलागिरिको मल्कवाङ, मराङ, आरवाङ, हाङवाङ, औसीवाङ, भेडीखाल्टा र रघुगङ्गाको कुइनेका ७०० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष जित गर्बुजाले जानकारी दिए।
पुलको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले शुभारम्भ गर्दै उनले भने, “स्थानीयवासीलाई सुरक्षितरूपमा आवतजावत गर्न पुलले सुविधा पुगेको छ । गत वर्ष सुरु भएका सातमध्ये सबैभन्दा पहिले आस्कारे खोला पुल निर्माण सकिएको हो ।”