एमालेले टुंगो लगायो राष्ट्रिय सभाका १९ उम्मेदवार

एमालेले टुंगो लगायो राष्ट्रिय सभाका १९ उम्मेदवार
+
-

काठमाडौँ –एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ। आगामी १२ माघमा हुन लागेको निर्वाचनका लागि एमालेले सोमबार पार्टीका उम्मेदवारको नाम टुंगो लगाएको हो।

आगामी २० फागुनमा रिक्त हुन लागेका १९ राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट देवराज घिमिरे( खुला), सुमित्रा भण्डारी (महिला) र सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ।

यस्तै, प्रदेश २ मा असर्फी भिनवार यादव (खुला) र विना साह (महिला), बाग्मतीमा गोपाल शाक्य ९खुला० र निरकुमारी कुँवर (महिला), गण्डकीमा गोविन्दबहादुर नेपाली (दलित), लीला पोखरेल (महिला), पुण्यप्रसाद पौडेल (खुला) तर्फको उम्मेदवार बनेका छन्।

यसैगरी, लुम्बिनी प्रदेशमा कृष्णबहादुर सुनार (दलित), भारती खनाल (महिला) र रामदयाल गुप्ता (खुला), कर्णालीमा पदमबहादुर माझी (अल्पसंख्यक), गंगा थापा महत (महिला) र चूडामणि शर्मा (खुला) तथा सुदूरपश्चिम प्रदेशबाट नरेश बिक (दलित), सन्तोषकुमारी शर्मा थापा ९महिला० र डिल्लीराज विष्ट (खुला) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि २० पुसमा उम्मेदवारी दर्ताको समय तोकिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष