
अ
+
अ
अ
-
अमेरिकी कम्पनी एप्पल तीन खर्ब डलर बजार मूल्य भएको पहिलो कम्पनी बनेको छ।
एप्पल विश्वको ३ खर्ब डलरको बजार मूल्य पुगेको पहिलो प्रविधि कम्पनी बनेको हो।
तीन वर्षअघि एक खर्ब डलर (बजारमूल्य) रहेको कम्पनीले पछिल्लो दुई वर्षमा २ खर्ब डलर थप गर्न सफल भएको हो।
सन् १९७६ मा स्टिभ जब्सले आफ्नो घरको ग्यारेजमा स्थापना गरेको एप्पल कम्पनीको मूल्य पहिलोपटक सन् २०१८ मा १ खर्ब डलर पुगेको थियो।
कोरोना भाइरसकालमा एप्पल कम्पनीमा ठूला संस्थागत लगानीकर्ताहरु समेत भित्रिएका र त्यसको सकारात्मक प्रभाव एप्पलको शेयर मूल्यमा परेको बताइएको छ।