‘बुहारीले सगरमाथामा उक्लियौँ भन्दा मन सिरिङ भयो’

‘बुहारीले सगरमाथामा उक्लियौँ भन्दा मन सिरिङ भयो’
+
-

काठमाडौँ- ‘बुहारीले माथि उक्लियौँ भन्दा मन सिरिङ भएको थियो, केही भयो भने यो सानो नातिको के होला भनेर चिन्ता लाग्योे ।”

पत्रकार बुहारी कल्पना महर्जनसहित प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ को टिमले सरगमाथाको सफल आरोहण गरेपछि स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेकी उनकी सासु भ्यान्चीले सुनाए।

‘बुहारीले सगरमाथाको चुचुरोमा पाइला राखेपछि डर खुसीमा परिणत भएको छ। पहिले पनि प्रयास गरेकी बुहारीको चिन्ताले उनी घर नर्फकदासम्म मन चिन्तित नै थियो,” उनले भने।

कल्पनाको यो दोस्रो प्रयास थियो। सन् २०१४ मा पनि कल्पनाले सगरमाथा चढ्ने प्रयास गरेका थिए।पहिलो पटक स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको इच्छा अधुरै रहेको थियो।

त्यतिबेला कल्पना सात दिन कोमामा परेर सात हप्तामा साधारण अवस्थामा फर्किएका थिए।उनले त्यो क्षण सम्झदै भने, ‘यसपटक पनि मलाई स्वास्थ्यमा समस्या देखिएको थियो, तर मैले यसपटक हिम्मत हारिन, मलाई यसपटक सगरमाथा चुम्नु नै थियो।’

बुहारीलगायतको टोली आज आउने भएपछि भ्यान्ची दिउँसो १२ बजे नै विमानस्थल आइपुगेका थिए।’खुसीको वर्णन गर्नै सक्तिन, बुहारीले हाम्रो परिवार मात्र होइन देशलाई नै चिनाइन्, उनीप्रति हामीलाई गर्व छ।” उनले भने।

यस्तै पाँच बहिनीमध्येकी कान्छि रोजिता बुद्धाचार्यले सगरमाथा चढ्छु भनेपछि अरु चार दिदीले नजाउ भन्‍न सकेनन्।रोजिताकी दिदी अनिताले भने, ‘उसले जान्छु भनेपछि नाई भन्नै सकेनौँ तर मनमा नगए हुन्थ्यो भन्ने लागिरहन्थ्यो, मन परिवर्तन गरे हुन्थ्यो भन्‍ने लाग्थ्यो तर उनले हाम्रो डरलाई खुसी र गौरवमा परिणत गरिदिइन्।’

राष्ट्रिय समाचार समितिमा कार्यरत रोश बस्नेतकी दिदी सकुन्तला बस्नेतलाई पनि बहिनीसँगै सगरमाथा चढ्ने इच्छा थियो। उनले बहिनीहरूसँगै हाइकिङ पनि गर्नुभएको थियो तर बच्चा सानो भएकाले जान तयार हुनुभएन।

“अहिले जान सकिन, मलाई पनि सगरमाथा आरोहण गर्ने तीव्र इच्छा छ, अबको पाँच वर्षभित्र चढ्छु, केही साथीहरूले पनि रहर गरेका छन्, रोशाको टिमले हामीलाई थप प्रेरणा दिएको छ,” स्टाफ नर्स रहनुभएकी सकुन्तलाले भने।

नेपाली पत्रकार महिलाको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आज काठमाडौँ फर्किएको छ। छोरीहरूले विश्वको सर्वोच्च शिखर चुमेर आउदाँ उनीहरूको हौसला बढाउन पञ्चकन्याका परिवारजन बाँजागाँजा, फूलमालासहित बिहानैदेखि विमानस्थलमा व्यग्र प्रतिक्षा गरिरहेका थिए।

देउराली चाम्लिङ, कल्पना महर्जन, रोशा बस्नेत, प्रियालक्ष्मी कार्की र रोजिता बुद्धाचार्यमध्ये कार्की बाहेक चारजनाले सगरमाथाको सफल आरोहण गरी फर्किए। कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि उनी फर्किएको थियो। साथीहरूको सफलतामा सहभागी बन्‍न विमानस्थल पुग्नुभएकी कार्कीले अर्को पटक सगरमाथा आरोहण गर्ने बताए।

सधैँ समाचारमार्फत जनतालाई सूसुचित गर्ने पत्रकार महिलालाई केही नयाँ गरौँ भन्ने लागेपछि सगरमाथा चढ्ने योजना बनाएका थिए। करिब एक वर्षको अभ्यास र तयारी पछि ठूलो समुह छाटिँदै पञ्चकन्याको समुहमा परिणत भएको आरोहण टोलीकी सदस्य रोशाले बताए।

“धेरैलाई हामीले सफलता प्राप्त गर्छौ भन्‍नेमा आशंका थियो, हामीले आंशकालाई शक्तिका रुपमा लिएका थियौँ,” उनले भने। पछिल्लो समय महिलाले सगरमाथाको सफल आरोहण गर्ने क्रम बढ्दो छ।आँट गरे असम्भव हुँदैन, त्यसका लागि कडा मिहेनत गर्नुपर्ने भनाईलाई उक्त टिमले सगरमाथाको सफल आरोहण गरेर पुष्टि गरेको छ। कल्पना पौडेल 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?