
तनहुँ – नेपाली कांग्रेस तनहुँको तर्फबाट उम्मेदवर बन्नेले आगामी स्थानीय तहको निर्वाचनमा वडादेखि पालिकासम्ममा बागी उम्मेदवारको सामाना गर्नु पर्ने अवस्था देखिएको छ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले तनहुँमा गाउँपालिका स्तरीय उम्मेदवार छनौट समिति गठन गरेको छ ।
स्थानीय तहको निर्वाचनको लागि जोशी समूहले तयारी थालेको छ । नेता जोशीलाई पार्टीले साधरण सदस्य समेत नहरहने गरी कारवाही गरेकाले उनको समूहले छुट्टै उम्मेदवार चयनको तयारी गरिहेको हो । राजनीतिक समस्या भएकाले व्यक्ति माथिको कारवाहीको फुकुवाले समस्या निकास नहुने जोशी समूहले जनाएको छ । महत्वपूर्ण नेता तथा कार्यकता पार्टीको तर्फबाट सहभागी भएनन् र सबै विषयमा समस्याको समाधान नभएमा जिल्लामा कांग्रेसलाई समस्या हुने देखिएको छ ।
जोशी समूहको बैठक बसेर ६ वटा गाउँपालिका र ४ वटा नगरपालिका गरी तनहुँका १० वटै स्थानीयतमा उम्मेदवार छनौटका लागि संयोजक समेत तोकेको छ । व्यास नगरपालिकामा हरिशरण पण्डित, भानु नगरपालिकामा केशबहादुर गुरुङ, शुक्लागण्डकी नगरपालिकामा इन्द्र पौडेल र सहसंयोजकमा हरि भण्डारी र भिमाद नगरपालिकाकामा नरेन्द्र थापालाई संयोजक तोकेको छ ।
त्यसैगरी घिरिङ गाउँपालिकामा गोपाल भण्डारी, ऋषीराम पोखरेल, ऋषिङ गाउँपालिकामा कमलभक्त पोख्रेल, देवघाटमा गणेश तिवारी, आँबुखैरेनीमा सोलबहादुर चितौरे मगर, बन्दीपुर गाउँपालिकाको शुकुमलाल गुरुङ र म्याग्दे गाउँपालिकाको संयोजकमा विष्णकुमार श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।
नेता जोशीले निर्वाचनलाई लक्षित गरी वडा भ्रमण तीव्र पारेका छन्।