हिउँमाथि बसेर परीक्षा दिएको तस्बिरको कथा…

हिउँमाथि बसेर परीक्षा दिएको तस्बिरको कथा…
+
-

पोखरा – अघिल्लो साता अप्रत्यासित रुपमा हिउँ पर्‍यो। पूर्व सूचना थिएन। अन्य बेला हिउँ नपर्ने ठाउँमा समेत हिमपात भयो। अहिले पनि मौसम खुलिसकेको छैन। उत्तरी गोरखा पूरै हिमालसँग जोडिएको छ।

सामान्य मौसम फेरबदलमै यहाँ हिमपात हुन्छ। केही दिनअघि एउटा तस्बिर सार्वजनिक भएको थियो जहाँ हिउँमाथि टेबुल कुर्सी राखेर विद्यार्थीले परीक्षा दिँदै गरेका थिए।

यो तस्बिर गोरखाको चुमनुब्री गाउँपालिका–४ गापस्थित नुब्री आधारभूत विद्यालयको प्रथम त्रैमासिक परीक्षा थियो। एक्कासी हिमपात भयो, शिक्षकहरूले पूर्वनिर्धारित परीक्षा रोक्न सकेनन्। कक्षाकोठामा राखेर परीक्षा दिन नसक्ने अवस्था नभएपछि विद्यार्थीलाई बाहिर राखेर परीक्षा दिन लगाइयो।

टेबुलकुर्सी हिउँमाथि राखिएको थियो, त्यहीँबाट विद्यार्थीले परीक्षा दिए। १ देखि ८ कक्षासम्म पढाइ हुने उक्त स्कुलका ९० बालबालिकाले हिउँमाथि बसेर परीक्षा दिए। पहिलो र दोस्रो सिफ्ट गरेर परीक्षा सञ्चालन गरिएको प्रधानाध्यापक गणेश ढकालले जानकारी दिए।

‘परीक्षा सुरू भएपछि हिउँ पर्न थाल्यो। भित्र राख्दा झनै जाडो हुने भएपछि बाहिर राखेर परीक्षा दिन लगाएका हौं,’ उनले भने, ‘हतार गरेर परीक्षा सक्यौं। स्कुल बन्द गरेर हामी चाहिँ बेँशी झरेका छौं, विद्यार्थी घरतिरै छन्।’

गाउँपालिका र वडाको मौखिक निर्देशनपछि एक महिनाका लागि विद्यालय बन्द गरेको र एक महिनापछि सोही भवनमा स्कुल सञ्चालन गरिने ढकालले बताए।

चुमनुब्रीमा एउटा मात्रै घुम्ती विद्यालय छ। मनाङ र मुस्ताङका विद्यालयले पोखरा, लमजुङ, काठमाडौंलगायत ठाउँमा घुम्ती पढाइ चलाउँछन्। तर, गोरखामा त्यो व्यवस्था नभएकाले समस्या परेको उनले बताए।

‘घुम्ती स्कुल भए सजिलो हुन्थ्यो। हाम्रोतिर सरकारले त्यो सुविधा दिएको छैन,’ उनले भने, ‘आफैँ गरौं भने स्राते पुग्दैन। विद्यार्थीलाई यसरी गाह्रो हुन्छ।’ उत्तरी गोरखा भौगोलिक रूपमा विकट र चेतनास्तरमा पनि कमजोर छ। सरकारले आवासीय विद्यालयको अवधारणा ल्याए पनि कार्यान्वयन राम्रो छैन। –न्युज कारखाना 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष