
‘बतास’ चल्दा
मन्त्रीको टोपी उड्छ
‘यति’ले भेट्छ ।
बतास फेरि
गौशालातिर चल्छ
साधु तर्सिन्छ ।
तर्सेको साधु
पाटनको पाटीमा
बतासै भेट्छ ।
अब बतास
बार्दलीमा चल्छ,
बा’लाई ठण्डा !
ठण्डा गढेुसी
ककसको शीरमा
बर्सिन्छ डण्डा !
बतास त्यतै
क्यान्टिनमा चल्दैछ
खाने हो अण्डा ?
बतास चल्दा
फर्फराइ रहन्छ
मन्त्रीको झण्डा !
हेत्तेरिका रे !
फसिसक्नु भयो ल
नराम्रो धन्दा ।
पाताले छाँगो
बतासको बेगले
धर्ती छिचोल्दै !
जले बतासः
स्थले बतासः सर्वम्
बतासे जगत् !