
काठमाडौँ – आयोजक भ्याली पब्लिक र जेभियर इन्टरनेसनल कलेज प्रथम भ्याली पब्लिक अन्तरकलेज प्लस टु पुरुष बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
कपनको भंगालस्थित घरेलु कोर्टमा आइतबार भएको रोमाञ्चक सेमिफाइनलमा भ्याली पब्लिकले साइपाललाई ४९–४६ ले पराजित ग र्याे ।भ्याली पब्लिकको जितमा साजन गुरुङ र सक्रिय अधिकारीले समान १५–१५ अंक योगदान गरे।
खेल सकिन ५६ सेकेन्ड बाँकी छँदासम्म दुवै टोली ४५–४५ को बराबरी स्थितिमा थिए। भ्याली पब्लिकले पहिलो क्वाटरमा ६–५ को अग्रता लियो। दोश्रोमा साइपालले ११–१० को अग्रता बनाउदै खेललाई १६–१६ को बराबरी स्थितिमा पुर्यायो। तेश्रोमा भ्याली पब्लिकले १९–१३ को प्रदर्शन गर्यो। चौथोमा साइपाल १७–१४ ले अगाडि रहे पनि जित हात पार्न सकेन।
अर्को सेमिफाइनलमा आभाष गुरुङको १५ अंक सहयोगमा जेभियरले ट्रिनिटीलाई ५२–३४ ले हरायो। चार क्वाटरमध्ये जेभियरले तीन क्वाटरको नतिजा आफ्नो पक्षमा पार्यो। जेभियरले क्रमशः १२–७, ११–१२, १८–८ र ११–७ स्कोर गर्यो। फाइनल खेल सोमबार हुनेछ।