ज्यो. पं. ओजराज उपाध्याय लोहनी

यस्तो छ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मकुण्डली

यस्तो छ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मकुण्डली
+
-

इतिहास जीवित राख्नुपर्छ राम्रो होस् वा नराम्रो। राम्रो अरूलाई राम्रो गर्ने उत्सुक्ता बढाउन र नराम्रो आममानिसलाई सचेत गराउन।

सभ्य देशमा ऐतिहासिक व्यक्तित्वलाई मृत्युपश्चात् पनि उदाहरणका लागि प्रचारप्रसार र उनीहरूको वास्तविकता युगौँयुग जीवित राख्ने गरिन्छ। त्यस्तै, नेपालको इतिहासमा उदाएका एक लौहपुरुष।

नेपाल एकीकरणका मुर्धन्य व्यक्ति जसले आज हामी नेपाली भनेर गर्व गर्छौं त्यो आधार भनेको श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट प्राप्त भएको हो।

तथाकथित विदेशीद्वारा परिचालित अवसरवादीले पृथ्वीनारायण शाहलाई अनेकन उपनाम दिएर निस्तेज गर्ने वा कलंकित बनाउने प्रयास गर्लान् र त्यो केही दिन सफल पनि होला।

सच्चा नेपालीले उहाँलाई राष्ट्रनिर्माताको रूपमा अवश्य पुज्नेछन्। कसैको स्तुतिगान गाएर वा ढोका ढक्ढक्याएर साँझ–बिहानको छाक टार्नु छैन भने सत्य–तथ्यलाई अस्वीकार किन गर्नु ? आज हामीले पाएको नेपाल र हाम्रो स्वाभिमान हाम्रा पूर्वजका साथ उहाँले दिनुभएको कुशल नेतृत्वले नै हो।

इतिहास लिखित मात्र हुँदैन, अलिखित पनि हुन्छ। पृथ्वीनारायण शाहका इतिहास धेरै लिखित र केही किंवदन्तीका रूपमा पनि सुनिएका छन्। उहाँलाई गोरखनाथका चेला र केहीले देवीपुत्र पनि भन्ने गर्छन्।

अदम्य साहस र राष्ट्रभक्ति कमैमा भेटिन्छ यस्ता सपुतहरू कुनै–कुनै समयमा मात्र जन्मिन्छन्। उहाँले अपनाएका युद्धनीति, दीर्घकालिक सोच युगान्तकारी थिए भन्ने तथ्यलाई आजका पुस्ता र भावी सन्ततिले अवश्य मनन गर्नेछन्।

त्यो समयमा यदि उहाँको उपस्थिति नहुँदो हो त आज हामीले यो नेपाल किमार्थ पाउने थिएनौँ। नेपाल एकीकरणका लागि उहाँले अपनाएका तन्त्रसाधना, गुरु खोरखनाथ जसलाई महायोगी भनिन्छ, तन्त्रमा निकै दख्खल जसको आशीर्वाद प्राप्त महान् देवीप्रतिको उपासना ज्योतिषविद्याको उपयोग, ज्योतिषीसँग लिएका सल्लाहबाट यो राष्ट्रको जग बसेको हो।

शुभ एवं उचित मुहूर्तमा एकीकरण आरम्भ गरिएकाले राज्यलाई विस्तार गर्न सहज भएको हो प्राचीन सनातन वैदिक धर्म, संस्कृति र विज्ञानमाथि उहाँबाट गरिएका स्तुत्य सम्मान हुन्।

उहाँबारे राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान दिएका एवं तत्तत् क्षेत्रका लब्धप्रतिष्ठित महानुभावले लेख्नु नै भएको छ। ३०औँ जन्मजयन्तीको अवसरमा मेरोे पेसा ज्योतिष नै भएकाले राष्ट्रनिर्माता पृथ्वीनारायण शामको जन्मकुण्डलीबारे व्याख्या गर्न चाहेको हुँ। यसबाट आजका पुस्तालाई र भावी सन्ततिका लागि यो सूक्ष्म अध्ययन एवं विश्लेषण गर्न महत्वपूर्ण दस्ताबेज पनि हुन सक्छ।

पुरातत्व विभागमा उपलब्ध कुण्डली, योगी नरहरिनाथबाट सम्पादित ‘सन्धिपत्र संग्रह’ र दिनेशराज पन्तद्वारा लिखित ‘गोरखाको इतिहास’मा प्रकाशित कुण्डलीलाई आधार बनाएर वर्णन गरिएको हो।

लग्न, पञ्चम र नवाैँ स्थानलाई मूल त्रिकोण भनिन्छ। लग्न, चतुर्थ, सप्तम र दशम स्थान केन्द्र भनिन्छ। केन्द्र वा त्रिकोणमा केन्द्र वा त्रिकोणाधिपति संयुक्त हुँदा राजयोग हुन्छ तर उहाँको जन्मकुण्डलीमा त धेरै प्रकारका राजयोग छन्। जस्तैः उहाँको जन्म १७७९ पुस २७ गते राति आधुनिक समय राति ९.३५ वजे (सूर्योदयादिष्ट घटिका ३६।१५) को समयमा गोरखा दरबारमा नरभूपाल शाहकी दोस्री महारानी कौशल्यावतीको कोखबाट प्रथम पुत्र रत्नको रूपमा भएको थियो। सोही दिन पूर्वाषाढा नक्षत्र २ घडी ४१ पला, तदुपरि उत्तरषाढा नक्षत्र, भुक्त ३२। ५१, भभोग ५६। ५२ देखिन्छ। भुक्त दशा सूर्य २ वर्ष ५ महिना १५ दिन,जा’ नाम हुने, सिंह लग्न, तुला नवमांश अनि प्र.ल. ४। २२। २१। २२, त्यस्तै पौषकृष्ण औँसी गएर पौषशुक्ल प्रतिपदामा जन्म भएको गणनाले देखाउँछ।

सूर्य धनु राशिमा लग्नेश भएर आफ्नो घरदेखि पनि पाचाँै स्थानमा बसेका छन्। उनको अवस्था ८। २७। २०। ५६ भएकाले धनु लग्न र धनु नै नवमांशक वर्गाेत्तम भई नवमांशक रहेका सूर्य अत्यन्त बलवान हुन्छन्। सूर्य नवमांशक कुण्डलीमा तृतीय स्थानमा आफ्नै नक्षत्रमा छन्। वर्गाेत्तम र आफ्नो नक्षत्रमा रहेका ग्रहका राजा सूर्य गुरुको घरमा धनु राशिमा हुनाका साथै आफ्नो नक्षत्र अत्यन्त बलियो हुन्छन्।

सूर्य बलियो हुँदा आत्मविश्वास उच्च हुन्छ। सूर्य तेजयुक्त भएकाले दूरदृष्टि एवं दीर्घकालिक सोचका व्यक्तिको रूपमा चिनिन्छन्। अरूलाई सजिलै वशमा लिन पनि गाह्रो नहुने हुन्छ। पछाडि कुरा काट्नेहरू पनि अगाडि नतमस्तक हुन्छन्। यस्ता व्यक्तिले भविष्यमा आइपर्ने समस्या र त्यसको निराकरण गर्ने उपायबारे पूर्वतयारी गर्न सक्छन्।

लग्नेश सूर्य, पञ्चमेश गुरुका साथ शक्तिशाली राजयोग बनाएर बसेको हुँदा उहाँबाट चालिने कदम प्रायः सधैँ धर्म संस्कृति र राष्ट्र रक्षाका लागि तत्पर र जागरुक हुन्छन्।

सिन्धुलीको बाटो भएर अंग्रेज आउँदै छन्, मकवानुपरमा मुसलमान सेनाले गोरखालीमाथि आक्रमण गर्दै छन् भन्ने जानकारी राख्न सक्नु यही ग्रहको प्रभाव हो।

उहाँका मीतबुबालाई उपत्यका वरपरका केही राज्य जितेर दिएपछि आफूलाई पूर्वतर्फ बढाउने अकण्टक बाटो बनाउनुभयो। चतुर्थेश र भाग्येश मंगल, बनेको राज एकल योगलाई सप्तमेश शनिसमेत भई अझ बलियो राजयोग निर्माण भएकाले शनि बृहस्पति धर्म र सेवामा समर्पित हुने मंगलले सैन्यलाई समन्वय गर्न सक्ने एवं अरूको मनोभावना बुझी समयानुकूल परिमार्जित गर्दै राष्ट्र, जनहित र धर्मरक्षार्थ उपयोग गर्ने स्वभाव बनाउँछ।

विराज बखेतीलाई सेनापति बनाउने इच्छा भएका पृथ्वीनारायण शाहले जनेच्छालाई बुझी एक राजाले जनचाहनाअनुरूप कालु पाँडेलाई बनाए, क्रिश्चियन धर्मको खोल भिरेर नेपालमाथि धावा बोल्न सक्ने भविश्यमा धार्मिक विवाद आउन सक्ने र राष्ट्र नै संकटमा पर्न सक्ने देखेर उनीहरूलाई समयमै यहाँबाट बिदा गरे, नेपालको हितमा काम गर्ने मुसलमानलाई श्रद्धेयका नजरले हेरे अनि कुमारीपूजा, मत्स्येन्द्रको रथयात्रालाई निरन्तरता दिए।

पञ्चम स्थानमा केतु उच्च भई धनु राशिमा बसेको छ। ज्योतिष सिद्धान्तले केतुको फल मंगल समान भनेको हुँदा पृथ्वीनारायणको चिना अझै शाक्तिशाली बन्ने देखिन्छ। बुधले शक्तिशाली राजयोगलाई भंग गर्न नसक्ने देखिन्छ। बुध अस्त भए पनि सूर्यसँग मिलेर बुधादित्य योग बनाएको हुँदा राजयोग भंग हुने कुरै भएन।

सूर्य ग्रह प्रभावशाली भएकाले उहाँलाई असाधारण वा महापुरुष वा देवताकै अंश लिएर जन्मिएको भन्न सकिन्छ।

सूर्यले आत्मबल बढाउने, राजनीतिमा सर्वत्र विजय गराउने काम गर्नुपर्नेमा तृतीयेश शुक्र तथा व्ययेश चन्द्रमाका साथ लग्न स्थानदेखि षष्टभावमा बसेकाले सोचेजति स्थान हासिल गर्न नसकेको हो भन्न सकिन्छ।

उनले गोरखादेखि पश्चिमतिर रहेको चौबिसे र बाइसेमाथि विजयको पताका फहराउन सकेनन्। दक्षिणबाट हुण्डरी मच्चाउँदै आएको अंग्रेजलाई सिन्धुलीबाट लखटे पनि दक्षिणतर्फ बढ्न अवरोध नै भयो।

सूर्यसँग बृहस्पतिको पञ्चममा भएको राजयोगले धर्मरक्षार्थ निरन्तर लागिरहने स्वभाव पृथ्वीनारायण शाहमा अन्तिम समयसम्म देखिन्छ।

मंगल चतुर्थेश र दशमेश भई एकल राजयोग निर्माण गरेको हुनाले उहाँलाई युद्धकौशलमा निपुण बनाउँछ। मंगल र शनिको युक्तिले तन्त्रमा जोड दिने, साधन र शक्तिको प्रयोगले अघि बढ्ने योग हुन्छ।

उहाँले बाल्यकालमै गोरखनाथको दर्शन पाउनु, सल्ल्यान भगवती, नुवाकोट भैरवी आदिको साधनाबाट मनोबल उच्च हुनुमा यी ग्रहको महत्वपूर्ण भूमिका देखिन्छ। उहाँमा साधनाको राम्रो ज्ञान थियो भन्ने विषयलाई ज्येष्ठ सुपुत्र प्रतापसिं शाहलाई उपदेश दिने क्रममा तयार पारिएको ब्रतरत्नमाला नामक पुस्तकले पनि प्रष्ट पार्छ।

शनि सेवा र अनुशासनकारक, मंगलचाहिँ भूमिपुत्र भएकाले भूमि गोलबन्ध गर्न प्रेरित गरायो। मंगल हतियार चलाउन र निर्माण गर्न उत्साहित गराउने तथा बृहस्पतिको नियन्त्रणमा मंगलग्रह रहँदा हतियारको प्रयोग मुख्यतः धर्मरक्षाका लागि हुने बनाउँछ।

पृथ्वीनारायण शाहको जन्मकुण्डली।

प्रायः यस्ता मानिसले धर्मयुद्ध गरी विस्थापित धर्मलाई पुनःस्थापित गर्दै राज्यलाई धार्मिक, सांस्कृतिक एकतामा गोलबद्ध गर्ने इच्छाा बढाउँछन्।

मंगल चतुर्थेश भएकाले जन्मघर तथा पैतृक सम्पत्तिमा मात्र चित्त नबुझाउने हुन्छन्। द्वितीयेश र एकादशेश बुध सिंह नवमांशमा लग्नदेखि एकादश भावमा, जन्म लग्नदेखि पञ्चम भावमा तृतीयेश, दशमेश शुक्रको नक्षत्रमा रहँदा राज्यलाई बनाउने कार्यमा अरूलाई छिट्टै विश्वास दिलाउन सक्ने वाक्चतुर बनाउँछ।

राज्य र जनताको काममा आर्थिक अभाव नहुने, सजिलै धन जुट्ने तर व्यक्तिगत कामका लागि धन अभाव हुने देखिन्छ। हुन पनि पृथ्वीनारायण शाहले बिसे नगर्चीको सल्लाहबमोजिम १२ हजार गोरखालीसँग एक रुपैयाँका दरले रकम संकलन गरी हातहतियार खरिद गरेका थिए।

पृथ्वीनारायणको जन्मकुण्डलीमा चन्द्रमाको स्थान र बसाइ प्रतिकूल भए पनि चन्द्रमा आफैँ लग्न र सूर्यको नक्षत्रमा रहेको हुँदा व्ययेशको मालिक हुँदा वा षष्टमा रहनुको दोष स्वतः अन्त्य हुन्छ।

शत्रुसँग कडा प्रतिस्पर्धा हुँदा क्षणिक हार कुनै–कुनै समयमा भए पनि अन्ततः शत्रुमाथि विजय हासिल गरेरै छाड्ने शक्ति प्राप्त हुन्छ। वि.सं. १८०० मा भएको पहिलो नुवाकोट आक्रमण एवं दुई पटकसम्मको कीर्तिपुर आक्रमणमा उनी असफल भए पनि त्यसलाई पुनः सुसंगठित भई विजयश्री गोरखाकै हातमा पारे।

सूर्यले आत्मबल बढाउने, राजनीतिमा सर्वत्र विजय गराउने काम गर्नुपर्नेमा तृतीयेश शुक्र तथा व्ययेश चन्द्रमाका साथ लग्न स्थानदेखि षष्टभावमा बसेकाले सोचेजति स्थान हासिल गर्न नसकेको हो भन्न सकिन्छ। उनले गोरखादेखि पश्चिमतिर रहेको चौबिसे र बाइसेमाथि विजयको पताका फहराउन सकेनन्। दक्षिणबाट हुण्डरी मच्चाउँदै आएको अंग्रेजलाई सिन्धुलीबाट लखटे पनि दक्षिणतर्फ बढ्न अवरोध नै भयो।

तृतीयेश शुक्र गएर शत्रुस्थानमा रहे पनि शुक्र दशमेश पनि भएकाले शत्रुलाई परास्त गर्न सफल बनायो। यो अवस्थाले गर्दा पैतृक सम्पत्तिको भोग भन्दा पनि स्वआर्जन गरी अघि बढ्ने र दाजुभाइको दीर्घकालीन सुख भने मिल्ने छैन। सहयोगीहरूले बेला–बेलामा धोका दिने हुन्छन्। उनको गोरखा बसाइ जम्मा २२ वर्ष मात्र भयो बाँकी ३० वर्ष कहिले नुवाकोटको दरबार तर कहिले काठमाडौँमा नै व्यतित भयो।

भक्तपुर जितेपछि उनका भाइहरूले राज्य पाउने इच्छा व्यक्त गरे। यसलाई पृथ्वीनारायणले अस्वीकार गरेपछि भाइहरूले दीर्घकालसम्म साथ दिएनन्। चतुर्थभावको मालिक मंगल पञ्चमस्थानमा दशमेशसमेत भई एकल राजयोग बनाएर रहेकाले आमाको सहयोगमा सैन्य कौशलता हासिल गर्ने, नैतिक शिक्षा, धार्मिक ज्ञान हासिल गरी आमाको पहिलो प्रेरणा, मित्रको सहयोगले उत्प्रेरित भई विवेकपूर्ण निर्णय गर्ने बनाउँछ।

उनकी जेठीमा चन्द्रप्रभावतीबाट प्राप्त मार्गदर्शनकै कारण उनी बनारस गएर हातहतियार ल्याए। विवाह पनि चन्द्रप्रभावतीकै मनसायअनुसार गरेका थिए। मंगल केतुको नक्षत्रमा रहँदा मंगलको फल केतुवत् हुने भएकाले युद्धस्थलमा आफैँ उपस्थित भई सैनिकको मनोबल बढाउने स्वभाव हुन्छ। बृहस्पति केतुको नक्षत्रमा रहेकाले धार्मिक कार्यमा हुने विवादले बेला–बेला समस्या ल्याए पनि बृहस्पतिले धर्मशिक्षा, विद्या र ज्ञान पर्याप्त मात्रामा स्वअनुभूति गराए पनि औपचारिक शिक्षामा प्रवेश हुने अवसर र सफलता मिल्ने दखिँदैन। जन्मपूर्वको ज्ञान पुनरावृत्ति र स्वाध्ययनले नै विज्ञ बनाउने देखिन्छ।

पृथ्वीनारायणले शास्त्र अध्ययन गर्दा नेपाल एकीकरणमा समस्या पर्ने भएकाले बीचैमा रोकेको इतिहासले प्रस्ट बनाएको छ। षष्टेश शनि पञ्चममा रहँदा पढाइमा बाधा आउँछ। सप्तमभावको मालिक शनिचाहिँ मंगल र केतुका साथ पञ्चमभावमा रहँदा वैवाहिक सुख खासै मिल्ने देखिन्न।

यसैले गर्दा मकवानपुरमा भएको पहिलो विवाहमा झमेला व्यहोर्नुपर्‍यो। मंगल दक्षिणदिशाका अधिपति भएको, बृहस्पति र सूर्यको नियन्त्रणमा रहँदा धर्मरक्षार्थ दक्षिणी जनताको सहयोग र सद्भाव मिले पनि पश्चिमाधीश शनि सूर्यको युक्तिले पश्चिमा शक्ति भने सधैँ विरोधमा रहने योग हुन्छ। अंग्रेजसँग पृथ्वीनारायणको ग्रह मिलेन, अर्कोतर्फ उनलाई बेइज्जत गराउने अंग्रेजहरूले न्वारानकै बल लगाए। दशमेश शुक्र षष्टभावमा रहेको हँुदा जीवनभर शत्रुसँग प्रतिस्पर्धा गरिरहनुपर्ने हुन्छ। पृथ्वीनारायण शाहको जन्म समयमा उहाँको ग्रहस्पष्ट यसप्रकार रहेको देखिन्छ–
सूर्य ८। २७। २०। ५६, चन्द्र ९। ४। २३। ४६, मंगल ८। २। ५५। ०, बुध ८। १५। ३। २४, बृहस्पति ८। ५। १८। २३, शुक्र ९। १४। १७। ३, शनि ९। ३। ३९। ५०, राहु २। १। ३१। २३, केतु ८। १। ३१। २३
चापोदयस्थेबलिनि प्रभाकरे
महिसुते कर्मगते शशिगतौ।
उपान्त्यगे वा भृगुजे व्ययस्थिते
सुरेन्द्रतुल्यो नृपतिः प्रजायते।।
जतक पारिजात भाग १ पेज ४५८ श्लोक ५०

उहाँको जन्मकुण्डली व्याख्या गर्न सायद असम्भव होला। अब उहाँको राज्यारोहण र नेपाल राज्यलाई बृहत् बनाउने क्रममा कुन–कुन ग्रह चलेका थिए भन्नेबारे चर्चा गरौँ–

उहाँको राज्यारोहण १७९९चैत २५ गते गोरखा राज्यको उत्तराधिकारी हुनुभयो। जुन समयमा महादशामा राहु अन्तर दशामा राहु साथै प्रत्यान्तरमा बृहस्पति चलेको अवस्था छ। त्यस दिनको कर्कट राशिमा चन्द्रमा छन्, तिथि दशमी परेको छ जसले राजनीतिलाई गति दिन्छ। राज्यारोहणका लागि उहाँले ज्योतिषीहरूको सल्लाह लिएको हुनुपर्छ। यसबेला चर राशिमा चन्द्रमा रहेकाले राज्यलाई बृहत् बनाउने सोच त्यसै दिनले निर्माण गर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?