सुँगुरको मुटु मान्छेमा सफल प्रत्यारोपण, जोगियो ५७ वर्षका डेविडको जीवन

सुँगुरको मुटु मान्छेमा सफल प्रत्यारोपण, जोगियो ५७ वर्षका डेविडको जीवन
+
-

अमेरिकाका एक व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । आनुवंशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु अमेरिकाका डेविड बेनेट नाम गरेका व्यक्तिमा सफल प्रत्यारोपण गरिएको हो ।

आनुवंशिक रुपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गरिएका उनी विश्वको पहिलो व्यक्ति हुन् ।

बाल्टिमोरमा चार दिन पहिले शल्यक्रिया मार्फत मुटु प्रत्यारोपण गरिएको हो । अहिले उनको अवस्था राम्रो रहेको चिकित्सकहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

डेविडमा परीक्षण स्वरुप आनुवंशिक रुपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो ।

डेविडको जीवन रक्षाका लागि एक मात्र अन्तिम विकल्पका रुपमा प्रत्यारोपण रहेको थियो । तर अहिले अवस्था राम्रो रहे पनि प्रत्यारोपण गरिएको मुटुले उनलाई कति लामो जीवन दिन्छ भन्ने स्पष्ट छैन ।

शल्यक्रिया अघिको दिन स्मरण गर्दै ५७ वर्षका बेनेटले भनेका छन्, ‘मृत्यु वा प्रत्यारोपण रोज्ने विकल्प थियो, मैले प्रत्यारोपण रोजेँ ।’

आनुवंशिक रुपमा परिमार्जित सुँगुको मुटु बेनेटमा प्रत्यारोपण गर्नका लागि युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकलाई विशेष अनुमति दिइएको थियो ।

तस्बिरहरु : युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टर

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष