पछिल्ला सात वर्ष इतिहासकै गर्मी वर्षहरु

पछिल्ला सात वर्ष इतिहासकै गर्मी वर्षहरु
+
-

पछिल्लो सात वर्ष इतिहासकै गर्मी वर्षका रुपमा कायम भएको एक अध्ययनले देखाएको छ । युरोपियन युनियनको स्याटेलाइट प्रणालीबाट प्राप्त तथ्यांकको विश्लेषण गर्दा पछिल्लो सात वर्ष तथ्यांक राख्न थालिए यताका गर्मी वर्षका रुपमा देखिएका हुन् ।

युरोपियन युनियनको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसले गरेको अध्ययन अनुसार सन् २०२१ इतिहासकै पाँचौँ गर्मी वर्ष बन्यो । गत वर्ष (२०२१) केही क्षेत्रको तापक्रम इतिहासकै उच्च मापन भएको थियो । २०१५ यताका वर्षहरु लगातार गर्मी वर्षका रुपमा रहँदै आएका छन् ।

वायुमण्डलमा तापक्रम वृद्धि गराउने ग्यासहरुको मात्रा बढ्दो क्रममा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । जलवायु परिवर्तनलाई नियन्त्रणमा राख्नका लागि तापक्रम वृद्धि १.५ डिग्रिसेल्सियसमा सीमित गर्ने वाचा विश्वभरका सरकारले गरेका छन् । तर काम भने त्यो अनुसार हुन नसकेको वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

तापक्रमवृद्धिका कारण वातावरणीय, मानवीय तथा आर्थिक रुपमा पर्ने गम्भीर असरहरु विश्वभर देखिन थालिसकेका छन् ।

सन् २०२१ पछिल्लो सात वर्षमा पाँचौँ गर्मी वर्षका रुपमा देखिएको हो । गत वर्षको तापक्रम सन् २०१५ र २०१८ को भन्दा केही बढी देखिएको हो । गत वर्षको औषत तापक्रम औद्योगिक क्रान्ति पूर्व (करिब १५० वर्षअघि) को तुलनामा १.१ देखि १.२ डिग्रिसेल्सियस बढी रहेको देखिएको हो ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष