म्याग्दीको मङ्गलामा पालिकास्तरीय अस्पताल भवन बन्दै

म्याग्दीको मङ्गलामा पालिकास्तरीय अस्पताल भवन बन्दै
+
-

म्याग्दी – मङ्गला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माण थालिएको छ। सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो।

मङ्गला गाउँपालिकाका इञ्जिनियर सुजन पौडेलले १० शय्या क्षमताको अस्पतालका लागि एक हजार १२४.६४ वर्गमिटर क्षेत्रफलमा दुई भवन निर्माण थालिएको जानकारी दिए। ‘आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन बनाउन लागिएको हो’, उनले भने, ‘आगामी २०८० असारसम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ।’

भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सन काठमाडौँसँग २०७८ असारमा रु नौ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो। भवनको कूल रु १२ करोड ९७ लाखको लागत अनुमान गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाका अनुसार दुई भवनमा ३५ कोठा निर्माण गरिनेछन्। विसं २०७७ पुस १५ गते सो अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलान्यास गरेका थिए।

अस्पतालका लागि अर्मन स्वास्थ्यचौकी परिसरमा तीन वर्षअघि आठ रोपनी जग्गा व्यवस्थापन गरिएको थियो। मङ्गलाका साथै म्याग्दीको अन्नपूर्ण र धवलागिरि गाउँपालिकाले पनि आधारभूत अस्पताल भवन निर्माण सुरु गरेका छन्। धवलागिरि गाउँपालिकाले ताकममा र अन्नपूर्ण गाउँपालिकाले वडा नं १ दोबामा अस्पताल निर्माण सुरु गरेका छन्। अस्पताल बनाउन सरकारले गत आवमा अन्नपूर्ण र धवलागिरि गाउँपालिकालाई रु ७०–७० लाख तथा रघुगङ्गा र मङ्गला गाउँपालिकालाई रु ८५–८५ लाख बजेट विनियोजन गरेको थियो। -रासस

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष