खगराज अधिकारीको एकाधिकार तोड्दै गुरुङ बने एमाले कास्की अध्यक्ष

खगराज अधिकारीको एकाधिकार तोड्दै गुरुङ बने एमाले कास्की अध्यक्ष
+
-

पोखरा – सानो सानो संगठनमा पनि आफ्नो प्रभाव खोज्ने केन्द्रीय सदस्य खगराज अधिकारी अन्ततः आफ्नै जिल्लाको राजनीतिमा पछि परेका छन्। एमाले जिल्ला कमिटीको निर्वाचनमा अधिकारीले खडा गरेका उम्मेदवारहरुले प्रमुख पद गुमाए।

अध्यक्षमा उपमहासचिव तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्यानलबाट मनबहादुर गुरुङ निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी दामोदर बैरागीलाई ४९ मतान्तरले पछि पार्दै गुरुङले अध्यक्ष जितेका हुन्।

गुरुङले ४५६ मत पाउँदा बैरागीले ४०७ मत पाए। गुरुङ कार्यवाहक अध्यक्ष थिए भने बैरागी सचिवमा काम गरेर कमिटीबाट बाहिरिएका हुन्।

उपाध्यक्षमा पनि गुरुङ प्यानलकै तेजनारायण अधिकारीले जिते। निकटतम प्रतिस्पर्धी प्रभा कोइरालालाई ८ मतले हराएका हुन्। अधिकारीको ४२१ मत आएको छ भने कोइरालाको ४१३ मत छ।

बाँकी पदाधिकारीमा बैरागी प्यानलका उम्मेदवारर विजयी भए। सचिवमा बैनबहादुर अधिकारी क्षेत्री सबैभन्दा फराकिलो मतान्तरले विजयी हुँदा गुरुङ प्यानलका विष्णु केसी हारे। अधिकारीले ४७५ मत पाउँदा केसीको ३६४ मतमात्रै छ।

उपसचिवमा लेखबहादुर तामाङ (दर्शन लामा) र नवराज ओझा विजयी भएका छन्। लामाले सर्वाधिक ५४० मत ल्याएका छन्। अर्का विजयी ओझाले ४६३ मत मत पाए। पराजित भएका गुरुङ प्यानलका इमानराज पौडेलले ३५५ र मनबुजा विकले २३७ मत पाएका छन्। सदस्यहरुको मतगणना ११ बजेपछि गर्ने सहमति छ। ९१९ मतदातामध्ये कास्कीमा ८९४ मत खसेको थियो। -न्युज कारखाना

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष