पीएम कप क्रिकेटः लुम्बिनीले प्रदेश २ लाई ४२ रनले हरायो

पीएम कप क्रिकेटः लुम्बिनीले प्रदेश २ लाई ४२ रनले हरायो
+
-

काठमाडौँ– लुम्बिनी प्रदेशले प्रदेश नं २ लाई पराजित गर्दै प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश नं २ लाई ४२ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। यसअघि लुम्बिनी आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग ४९ रनले पराजित भएको थियो।

प्रदेश नं २ को भने तीन खेलमा दोस्रो पराजय हो। यसअघि प्रदेश नं २ ले पहिलो खेल सशस्त्र प्रहरी बल (एपीएफ) क्लबसँग २४ रनले हारेको थियो। तर दोस्रो खेलमा गण्डकी प्रदेशलाई २ विकेटले पराजित गरेको थियो।

खेलमा लुम्बिनीले प्रदेश नं २ लाई १६२ रनको बलियो लक्ष्य दिएको थियो। जवाफमा प्रदेश २ को २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रनमा समेटियो। प्रदेश २ का लागि विवेक यादवले सर्वाधिक ३६ रन जोडे। हरिकृष्ण झा र सन्तोष कार्कीले समान १४–१४ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। लुम्बिनीका ओपनर देव खनालले ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५४ रनको योगदान दिए।

त्यसैगरी सन्दीप रजाली र बशिर अहमदले समान ३०/३० रनको योगदान दिए भने सुशान्त थापाले १४ रन बनाए। सौरभ खनालले १०, कृष्ण कार्की १, विक्रम भुसाल ५ रन जोड्दा दुर्गेश गुप्ता, मोहन क्षेत्री र सिद्धान्त शाहीले खाता खोल्न सकेनन्।

प्रदेश २ का विवेक यादव र रुपेश सिंहले २/२ विकेट लिए भने हरिशंकर शाह, महबुब आलम र विशाल शुस्लिङले एक विकेट लिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष