टि–१० क्रिकेटः ३ खेल सम्पन्न

टि–१० क्रिकेटः ३ खेल सम्पन्न
+
-

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका–११ मा जारी टि–१० क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार तीन खेल सम्पन्न भएका छन्।

बगलेखान खेल मैदानमा भएको पहिलो खेलमा नानीगाडले चैनपुरलाई ८२ रनले हरायो। नानीगाडले दिएको १३६ रनको लक्ष्य पछ्याएको चैनपुर ५३ रनमा सीमित भयो। बयासी रन बनाउनुका साथै दुई विकेट हात पार्ने नानीगाडका सुरज चन्द म्यान अफ द म्याच चुनिए।

दोस्रो खेलमा नागार्जुन सिम ए ले डिबडे स्पोर्ट्स क्लबलाई १८ रनले पाखा लगायो। सिम ए ले दिएको ९३ रनको विजय लक्ष्य पछ्याएको डिबडेले ७४ रन मात्रै बनाउन सक्यो। चालीस रन बनाएका सिमका ललित जोशी म्यान अफ द म्याच भए।
यस्तै, तेस्रो खेलमा मावि बगलेखानले एनआरवाइसी बी माथि १० विकेटको जीत निकालेको छ।

एनआरवाइसीले दिएको ५१ रनको लक्ष्य बगलेखानले विनाविकेटको क्षतिमा भेट्टायो। बगलेखानका मनोज जोशी म्यान अफ द म्याच हुन सफल भए।

नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी) को आयोजनामा पुस २४ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोलीको सहभागिता छ।

प्रतियोगिताको विजेतालाई रु २० हजार, ट्रफी र मेडल प्रदान गरिनेछ । द्वितीय हुने टिमलाई नगत १० हजार, ट्रफी र मेडल प्रदान गरिने आयोजक नागार्जुन रणसैनी युवा क्लबका अध्यक्ष वीरेन्द्र चन्दले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष