
मोरक्कोले अफ्रिका कप अफ नेशन्समा लगातार दोस्रो जित दर्ता गरेको छ । समूह सी अन्तर्गत शुक्रबार राति भएको खेलमा मोरक्कोले कोमोरोसमाथि २–० को जित दर्ता गरेको हो ।
मोरक्कोका लागि १६ औँ मिनेटमा सेलिम अमालाह र ८९ औँ मिनेटमा जाकारिया अबुखलालले गोल गरेका हुन् । दुई जितसहित ६ अंक जोडेको मोरक्को समूहको शीर्ष स्थानमा छ ।
सोही समूह अन्तर्गत शुक्रबार राति नै भएको अर्को खेलमा गाबोनले अन्तिम समयमा विवादास्पद गोल गरी घानासँग १–१ को बराबरी खेलेको छ । १८ औँ मिनेटमा एन्ड्री आयूको गोलबाट घानाले सुरुवाति अग्रता लिएको थियो ।
तर ८८ औँ मिनेटमा गाबोनका लागि अलेविनाहले बराबरी गोल गरेका हुन् । इन्जुरी समयमा तेतेहले सिधै रातो कार्ड पाएपछि केही समय घाना १० खेलाडीमा सीमित भयो । गाबोनको दुई खेलबाट चार अंक तथा घानाको एक अंक भएको छ ।
समूह बी अन्तर्गत भएको खेलमा सेनेगल र गिनीले गोलरहित तथा मालवी र जिम्बाबेले २–१ को बराबरी खेलेका छन् ।