मनाङका बाढी पीडितलाई प्रदेश सरकारको दुई लाख राहत

मनाङका बाढी पीडितलाई प्रदेश सरकारको दुई लाख राहत
+
-

लमजुङ – गण्डकी प्रदेश सरकारले मनाङका बाढी पीडितलाई दुई लाख राहत उपलब्ध गराएको छ। प्रदेश सरकारले विशेष प्याकेजअन्तर्गत ६१ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरेको हो।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नासों गाउँपालिकाको ३९, चामे गाउँपालिकाको ९, नार्पाभूमि गाउँपालिकाको ७ र मनाङ ङिस्याङ गाउँपालिकाको ६ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरिएको बताए।

उनका अनुसार गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको संख्या ४४ भए पनि ३९ जनाले दुई लाख रुपैयाँका दरले राहत पाएका छन्। पाँच जनाको भेरीफाई हुन बाँकी भएकाले राहत प्रदान गरिएको छैन। प्रदेश सरकारले क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन उक्त रकम बाढी पीडितलाई प्रदान गरेको हो। प्रदेश सरकारबाट जिल्लाभरका ७४ लाभग्राहीका लागि एक करोड ४८ लाख रुपैयाँ बजेट आएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार एक लाख रुपैयाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप एक लाख गरी दुई लाख रुपैयाँ आएको उनले बताए। उनका अनुसार यो रकम निजी आवास पुनर्निर्माणका लागि आएको हो। संघ सरकार र स्थानीय सरकारको रकम आउन बाँकी रहेको उनले बताए।

मनाङमा पुनर्निर्माणका लागि केन्द्र सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउनेछ। -न्युज कारखाना

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष