सांसदलाई चार करोडबारे अर्थमन्त्रीकै लाचारी

सांसदलाई चार करोडबारे अर्थमन्त्रीकै लाचारी
+
-

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले सांसदलाई छुट्याइएको ४ करोड रुपैयाँ बाध्यताले राखिएको बताएका छन्। अर्थ मन्त्रालयमा  बुधबार आयोजित पत्रकार सम्मेलनमा खतिवडाले भने, ‘यो कार्यक्रम खाउँ भने के… नखाउँ भने के … जस्तै हो।’

खतिवडाले बजेट मार्फत स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रममा ४ करोड रुपैयाँ विनीयोजन गरेका थिए। प्रतिनिधी सभाका निर्वाचित सांसदको नेतृत्वमा संघिय संसद र प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख सदस्य रहेको समितिले आफ्नो निर्वाचन क्षेत्रमा आयोजनाको छनोट र अनुगमन गर्ने व्यवस्था बजेटमा गरिएको छ।

बिगतमा सिधै आयोजनाको छनोट गर्ने सांसदहरुले स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम प्रति असन्तुष्टि जनाएका छन्।

खतिवडाले स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रममा सांसद र स्थानीय तहका प्रमुख रहेको समितिले आयोजना छनोट मात्र गर्न सक्ने तर कार्यान्वयनमा कुनै भुमिका नहुने बताएका थिए।

स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रममा विनियोजन गरिएको रकमको प्रभावकारी कार्यान्वयनका लागी कार्यबिधी बनाइने पनि उनले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’