
रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा एथ्लेटिको बिल्बाओलाई २–० ले पराजित गर्दै रियल मड्रिडले उपाधि जितेको हो ।
साउदी अरेबियामा भएको खेलमा रियल मड्रिडलाई जिताउन लुका मोड्रिक र करिम बेन्जिमाले गोल गरेका हुन् ।
पहिलो हाफमा लुकाले गोल गरेर रियल मड्रिडलाई अग्रता दिलाए । बेन्जिमाले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका हुन् । उनले ५२ मिनेटमा पाएको पेनाल्टीमा गोल गरी टिमलाई २–० को जितका लागि सहयोग गरेका हुन् ।
८७ औँ मिनेटमा एडर मिलिताओ सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रियल मड्रिड अन्तिमको केही समय १० खेलाडीमा सीमित भएको थियो ।
१२ औँ पटक सुपर कपको उपाधि जितेको रियल मड्रिडलाई अब बार्सिलोनाको कीर्तिमानसँग बराबरी गर्न एक उपाधि भए पुग्छ । बार्सिलोनाले १३ पटक स्पेनिस सुपर कपको उपाधि जितेर कीर्तिमान बनाएको छ ।