
इंग्लिस प्रिमिर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा नर्विच सिटी विजयी भएको छ।
अवे मैदानमा भएको खेलमा नर्विच सिटीले वाट्फोर्डलाई ३–० ले पराजित गरेको हो। नर्विचको जितमा सर्गेन्टले ५१ र ७४ औँ मिनेटमा गोल गरे ।
वाट्फोर्डका कुकाले इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा आत्मघाती गोल गरे। ७८ औँ मिनेटमा डेनिस दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि वाट्फोर्ड १० खेलाडीमा सीमित भएको थियो ।
जितपछि २२ खेलबाट १६ अंक जोडेको नर्विच सिटी रेलिगेशन जोनबाट माथि १७ औँ स्थानमा उक्लिएको छ । पराजित भएको वाट्फोर्ड भने १४ अंकसहित १८ औँ स्थानमा झरेको छ ।